• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

    पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

    उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ ।

    युवा सङ्घको अधिवेशनबारे छानबिन समिति

    यस्तै राष्ट्रिय युवा सङ्घ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

    अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा सङ्घको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उहाँले बताउनुभयो ।

    पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताउनुभयो । समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ ।

    सुन तस्करका सम्बन्धमा उच्चस्तरीय समिति गठन

    यस्तै बैठकले सुन तस्करका सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन बन्नुपर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । “जतिदिन ढिलो हुँदैछ । त्यति नै प्रमाण नष्ट हुने गरेको छ । सिआइवीले गोदाम खान तलास गर्दछ । त्यहाँ कारखाना भेटिन्छु तर सुन भेटिँदैन । मान्छेहरु प्रहार भएका छन् । प्रमाण नष्ट हुने स्थिति बन्दै गइरहेको हुनाले उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “जरैसम्म पुगेर यो विषयलाई निर्मूल गरिनुपर्दछ ।”

    नेपाललाई ट्रान्जिट बनाएर सुन तस्कर भइरहेको भन्दै उहाँले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ । सरकारले सुन तस्करमा छानबिन गर्न आलटाल गरिरहेको भन्दै उच्चस्तरीय छानबिनको माग राख्ने सांसदलाई थुनामा राख्नेजस्ता कार्यले गरिरहेको उहाँले बताउनुभयो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करमा नाम किटान गरेको अवस्थामा पनि सरकारले छानबिनको दायरामा नल्याउने, दबाब र प्रवाहको आधारमा मात्र छानबिन गरिरहेको उमहासचिव ज्ञवालीले बताउनुभयो ।

    बैठकले एमालेले बाढीपहिराले गर्दा क्षति भएको र उक्त क्षतिका सम्बन्धमा तत्काल पीडितलाई रातह उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उहाँले सरकारले उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नसमेत माग गर्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.