नवलपुर । बुधवार देखि परेको अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहोन खाँडले जानकारी दिनुभयो । दाउन्नेमा ५ ठाउँमा पहिरो गएको छ । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् । लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भएको भएपनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले जानकारी दिए ।








