• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भाषा संरक्षणमा गुरुङ समुदाय

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । विभिन्न जिल्लाबाट बसाइसराइँ गरी यहाँ आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् । भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले दुई हप्ते गुरुङ भाषा प्रशिक्षणको सुरूआत गरेको छ । पहिलो प्रयासमै ५० जनाले भाषा कक्षामा सहभागीता जनाएका छन् ।

    सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी भएका छन् । जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो तर, आम तमू समुदायको लागि यस्तो कार्यक्रम भएको थिएन । केही महिना अघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालनभएको थियो । ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो । हाललाई आन्तरिक स्रोतसाधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनकी अध्यक्ष विमलादेवी गुरुङले बताउनुभयो ।

    “भाषा संरक्षणमा तमूहरू कति उत्साहित हुनुहुन्छ भन्ने बुझ्नका लागि पनि भाषा कक्षाले ठूलो सहयोग दिलाएको छ”, उहाँले भन्नुभयो, “माग बढी नै भएको हुँदा आगामी दिनमा यसैलाई वार्षिक कार्ययोजना बनाएर काम गर्न सकिन्छ ।” गत साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा टाढा टाढाबाट पनि मानिसहरु आउने गरेको उहाँले सुनाउनुभयो । लोकदोहोरी गायक कृष्ण गुरुङले भन्नुभयो, “ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु ।” उहाँ भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहनुभएको छ ।

    भरतपुर महानगरपालिका–१०, शिखरचोककी ७४ वर्षीय शारदा गुरुङ पनि जीवनको उत्तराद्र्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिसर आउने गर्नुभएको छ । सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो । धादिङमा जन्मिएर चितवनमा हुर्किएनु भएकी उहाँले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसक्नु भएको छ ।

    इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आएकी १६ वर्षीया अस्मिता गुरुङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहनुभएको छ । आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उहाँले बताउनुभयो । पन्ध्र दिनमा धेरै कुरा सिक्न नसके पनि भाषाबारे धेरथोर ज्ञान पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो कार्यक्रम हरेक गुरुङ बस्तीमा लैजान सके सबैले अवसरको सदुपयोग गर्न सक्थे ।”

    भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरुङ बताउनुहुन्छ । तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरुङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरुङ तथा तमू सञ्चारकर्मी सङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङले भाषा कक्षामा प्रशिक्षण दिइरहनुभएको छ ।

    तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सह-आयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरुङ भाषा कक्षा प्रशिक्षण यही भदौ ३ गते सकिँदै छ । रासस 

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.