हेटौँडा । कान्तिलोकपथ अन्तर्गत ललितपुरमा बागमती गाउँपालिका -३ भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर र एउटा मोटरसाइकल पुरिएको छ। पहिरोमा पुरिएर पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।
अहिले उद्धारमा प्रहरी टोली खटिएको र बाटो नभएका कारण घाइतेको उद्धार गर्न समस्या भएको जानकारी दिएका छन् । उनले घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको बताए। पानि परिरहेको र पहिरो खस्ने कम्रमा नरोकिएकोले घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।








