• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- न्याय कस्का कारण महङ्गो ?

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन ?” मुलुकको न्यायप्रणाली सबै नागरिकका लागि सहज र सर्वसुलभ हुन नसकिरहेका बेला आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइको मौका छोपेर विधायकले यो प्रश्न गरे । सांसद महेशकुमार बर्तौलाले सोध्नुभयो, “न्याय महँगो भयो भनिन्छ, कस्का कारणले हो ? उहाँको थप प्रश्न थियो, बार कि बेञ्चका कारणले ?” सांसद देवेन्द्र दाहालले पनि सोही आशयको प्रश्न राख्नुभयो ।

    उहाँले भन्नुभयो, “यहाँसँग पूर्ण मुद्दा फछ्र्यौटमा आगामी कार्ययोजना के छ ? सर्वसाधारणमा न्यायप्रणालीलाई पहुँचयोग्य बनाउन योजना के छ ?” यसैमेसोमा सांसद ईश्वरीदेवी न्यौपानेले पनि प्रश्न थप्नुभयो, “निमुखाले न्याय कहिले पाउँछन् ?” सांसदहरुका यी प्रश्न महङ्गो न्यायप्रणालीप्रति लक्षित थियो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “जतिसक्दो छिटो मुद्दाको फछर्यौट गर्ने योजना नै बनाएर काम गरिरहेका छौँ, एक वर्षदेखि शुक्रबार पनि थप दुई घण्टा निःशुल्क काम गरिरहेका छौ, यो बीचमा मुद्दा फछ्र्यौटको राम्रो छ ।”

    न्याय सम्पादन सहज, छिटो, छरितो बनाउन आफूहरु लागिपरेको भन्दै आफ्नो कार्यकालमा सक्दो प्रत्यन्त गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयमा विकृति तथा विसङ्गति भित्रन नदिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो १३ महिने कार्यकालमा न्यायालय सुधारका काममा पूर्णरुपमा लाग्ने बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठले राख्नुभएको छिटो न्याय कसरी दिन सकिन्छ भन्ने जिज्ञाशामा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “जिल्लादेखि सुरु भएर सर्वोच्च अदालतसम्म मुद्दा आइपुग्दा समय लाग्ने गरेको छ, अदालती प्रक्रिया पूरा गर्दा पनि समय लाग्छ ।”

    सांसदहरुले सर्वोच्च अदालतमा सात र उच्च अदालतमा ५० भन्दाबढी न्यायाधीश नहुनु तथा छ उच्च अदालतमा मुख्य न्यायाधीश नहुनु गम्भीर विषय भएकोप्रति चासो व्यक्त गर्नुभएको थियो । सांसद पदम गिरीले न्यायालयको सुधारमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको बनेको प्रतिवेदनले न्यायालयमा विचौलिया भएको स्पष्टरुपमा देखिएको स्मरण गराउँदै विचौलियाको अन्त्य गनुपर्ने, एउटा मुद्दा सकिने निश्चिय समय तय हुनुपर्ने र विकासमा अदालत बाधक बन्नु नहुनेलगायतका विषयमा प्रश्न सोध्नुभएको थियो । जवाफमा श्रेष्ठले, “अदालत विकासको बाधक होइन । विकास निर्माणका मुद्दालाई प्राथमिकता साथ सुनुवाइ गर्ने नीति नै बनाएका छौँ ।”

    सांसद रमेशजङ्ग रायमाझीले न्याय आमजनताको पहुँचमा हुनुपर्ने सुझाव दिँदै कानुनका आधारमा भन्दा पनि सडकको भीडमा भरपर्ने जस्तो पनि देखिएको छ नि भन्ने प्रश्न राख्नुभयो । जवाफमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संविधान, कानुन र न्यायको मान्य सिद्धान्तभन्दा बाहिर गएर अदालतले न्यायनिरुपण नगर्ने स्पष्ट पार्नुभयो । सांसदहरु डोलप्रसाद अर्याल, ईश्वरीदेवी घर्ती, प्रकाश अधिकारीलगायतले पनि न्याय निमुखाका लागि हुनुपर्ने र छिटोछरितोरुपमा न्याय पाउनुपर्ने र त्यसका लागि दु्रत न्यायको योजनाबारे जिज्ञासा राख्नुभएको थियो । सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    कार्ययोजनामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सुक्ष्म अनुगमनकर्ता खटाई प्रतिवेदन लिने र कारबाही गर्ने प्रणालीको विकास गर्नेलगायतका योजना रहेको उल्लेख गर्नुभयो । त्यस्तै, न्यायाधीश, कर्मचारी आचारसंहिताको कार्यान्वयन एवं नियुक्ति, सरुवा र बढुवालगायत वृत्तिविकासमा कार्य सम्पादन स्तर, सदाचार र सेवाग्राहीसँगको व्यवहारलाई मुख्य आधार बनाइने, न्यायाधीशको आचरण, निष्ठालगायतका अनुशासनसम्बन्धी विषयलाई न्यायाधीशको नियुक्ति, सरुवा तथा पुरस्कार दण्डसँग आबद्ध गर्दै लैजानेलगायतका कार्ययोजना उहाँले प्रस्तुत गर्नुभयो ।

    प्रधानन्यायाधीश नियुक्तीका लागि संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिनुभएको थियोे । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा गत साउन १८ गते सिफारिस गरेको थियो । साथै सो उपर साउन २३ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । आज उक्त उजुरी उपर सुनुवाइ गर्दै प्रस्तावित प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    ज्येष्ठ सदस्यका रुपमा समिति सभापति पशुपतिशम्शेर जवराले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मपतिले अनुमोदन गरेको सुनाउनुभयो । जिल्ला, उच्चहुँदै सर्वोच्च अदालतमा न्याय सम्पादनमा सक्रिय रहनुभएका श्रेष्ठ ३१औँ प्रधानन्यायाधीश बन्नुहुनेछ । विसं २०१६ असोज २० गते डोटी जिल्लामा जन्मनुभएका श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास भए पनि हाल काठमाडौँ कुलेश्वरमा बस्दै आउनुभएको छ । कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गर्नुभएको थियो श्रेष्ठको कार्यकाल १४ महिना बाँकी छ । उहाँ २०८१ साल असोज १९ मा अनिवार्य अवकाशमा जानुहुनेछ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.