• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चुनाव लड्न गठबन्धन आवश्यक छैन: प्रदिप पौडेल

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेसका लागि कुनै पनि चुनाब लड्न गठबन्धन आबश्यक छैन पौडेलले भन्नू भयो । उहाँले अन्य राजनीतिक दलहरुलाइ काङ्ग्रेससग गठबन्धन गरेर चुनाव जित्ने दिवा सपना नदेख्न पनि चेतावनी दिनु भयो ।

    नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको महानगर सम्मेलनलाई आज भरतपुरमा सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले सरकार भ्रष्टाचारको जालोबाट पन्छिन नमिल्ने तर्क राख्नु भयो । भ्रष्टाचारको जालो पन्छ्याउन नेपाली काङ्ग्रेस अग्रसर रहेको उल्लेख गर्दै पौडेलले सरकार पनि यो बिषयमा गम्भीर हुनुपर्ने बताउनु भयो । भ्रष्टाचारको बिषयमा नेपाली काङ्ग्रेस जहाँ र जस्तोसुकै अवस्थामा पनि उभिन तयारी छ पौडेलले भन्नुभयो ।

    नेता पौडेलले पार्टीको पद्धति नै खराब भएको प्रती सकेत गर्दै पद्धति नै गुट उपगुट बनाउने खालको रहेको समेत प्रष्ट पार्नु भयो । उहाले यो पद्धति नहटे सम्म गुटबन्दीको अन्त्य नहुने बताउनु भयो । अब नयाँ पद्धतिको बिकास गराइ आमूल परिवर्तन ल्याउन जरुरी छ पौडेलले भने । त्यस्तै सम्मेलनलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले गठ्बन्धनका कारण पार्टीलाई काम गर्न अप्ठ्यारो भएको टिप्पणी गर्नु भयो ।

    उहाले शुशासन कायम गर्न र गराउन नेपाली काङ्ग्रेस कटिबद्ध छ तर त्यसलाइ अगाडि बढाउने सवालमा गठबन्धन तगारोको रुपमा रहेको बताउनु भयो । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी अब नयाँ शिराबाट अगाडि बढनुपर्ने आबश्यक्ता रहेको बताउनु भयो । पार्टी भित्र अब मित्रताको व्यबहार हुन जरुरी छ सभापति खनालले भन्नु भयो । त्यस्तै महानगर सभापति चित्रसेन अधिकारीले महानगर सम्मेलन पार्टीको सिपाहीका लागि कोशेढुङ्गा सावित हुने बताउनु भयो ।

    सम्मेलनले नेपाली काङ्ग्रेसको मर्म र सिद्धान्तलाई आत्मसात गरेर भावी दिनहरुमा समाजमा शुसाशन कायम गराउन मद्दत पुर्‍याउनेमा बिश्वास व्यक्त गर्नु भयो । सम्मेलनमा नगर सचिब कृष्ण प्रसाद बगालेले सचिबको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे भने कोषाध्यक्षको प्रतिबेदन बिष्णु प्रसाद कडेलले प्रस्तुत गर्नु भएको थियोे ।

    महानगर सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,बागमती प्रदेश सदस्य बिनु रायमाझी,माहाधिवेशन प्रतिनिधि पार्बती शाह,महानगर समितिका निबर्तमान सभापति भरत अधिकारी,जनप्रतिनिधिहरुको तर्फबाट भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ,पार्टीको वडा न ४ का सभापति नारायण अधिकारी लगाएतले बोल्नु भएको थियोे । नेपाली काङ्ग्रेस चितवनले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी समेत गरेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.