• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

माडीमा रोटरीको सिँचाइ र खानेपानी

  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोटरी क्लब अफ नारायणगढले माडीमा सिँचाइ र खानेपानीका आयोजना सञ्चालन गरेको छ । क्लबले खानेपानी योजना सम्पन्न गरेको छ भने सिँचाइ योजनाको काम भइरहेको छ । क्लबका अध्यक्ष भोलानाथ लामिछानेका अनुसार माडी नगरपालिका–४ अम्रौली, विराचीलगायत गाउँका किसानको सुविधाका लागि सोलारबाट चल्ने बोरिङ जडानको काम अगाडि बढाइएको हो । रोटरी ग्लोबल ग्राण्ट बजेटबाट प्राप्त रु एक करोड ३६ लाखको लागतमा सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । उक्त आयोजनाले तीन गाउँको करिब ६६ बिघा जमिनमा सिँचाइ पुग्नेछ ।

    उक्त आयोजनाका लागि आयरल्याण्डका सात रोटरी क्लबले सहयोग गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । बेलायत बस्दै आएका वाटर सेन्टर ट्वान्टी वानका निर्देशक विनोद कर्माचार्यको पहलमा सो काम भइरहेको छ । छ महिनाभित्रमा काम सम्पन्न हुने उहाँले बताउनुभयो । लामिछानेले भन्नुभयो, “आयोजना सम्पन्न हुँदै गर्दा बाह्रै महिना सिँचाइ गर्न सकिने छ ।” उर्वर ठाउँ भएकाले पानीको सुविधासँगै तरकारी, खाद्यान्न बाली, माछापालनलगायत कृषि कर्ममा सहयोग पुग्नेछ । यसबाट स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्ने छ । सोही ठाउँमा गत वर्ष यसै क्लबले खानेपानीको व्यवस्था गरेको थियो ।

    एक सय ७० परिवारको आँगनमा धारा पु¥याइएका छन् । गत पुसदेखि उनीहरुले शुद्ध खानेपानी पिउन पाएका हुन् । सो गाउँमा रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्ट बजेटमा रोटरी क्लब अफ नारायणगढले अम्रौली खानेपानी तथा सरसफाइ परियोजना तयार पारेको हो । रोटरीका तीन अन्तर्राष्ट्रिय क्लबले यसमा सहयोग गरेका छन् । पिउने पानीको व्यवस्था भएपछि रोटरी क्लबले यो गाउँमा सिँचाइको आयोजना सुरू गरेको हो ।

    आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानलाई सौर्य ऊर्जामा आधारित सिँचाइ आयोजनामार्फत सुविधा दिन रोटरी क्लब नारायणगढ लागिपरेको छ । सो गाउँलाई रोटरीले नमूना गाउँ बनाउने लक्ष्य लिएको छ । अध्यक्ष लामिछानेले भन्नुभयो, “उपभोक्ता लाभान्वित भएर जीवनयापनमा सहज भयो भने हाम्रो अभियानले सफलता पाउने छ । त्यहीअनुसार अन्य परियोजना ल्याउने योजनामा छौँ ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.