• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

विचार : राजेश्वर नेपाली एक ‘इन्साइक्लोपिडिया’

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राजेश्वर नेपाली । पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम । आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन । खासमा नाम नै उहाँको परिचय हो । सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन् । नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका योद्धा, प्रेस स्वतन्त्रता सेनानी उनै नेपाली अब भौतिकरुपमा यस धरामा उपस्थित रहनुभएन । विसं २००२ भदौ १९ गते धनुषाको बेला (हाल जनकपुरधाम उपमहानगरपालिका–२३) मा जन्मनुभएका नेपालीले ७८ वर्षको उमेरमा विसं २०८० भदौ ११ गते राति देहत्याग गर्नुभयो ।

    विगत १४ महिनादेखि बिरामीका कारण ओछ्यान पर्नुभएका नेपालीको त्यसअघि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भए पनि निको हुन सक्नुभएको थिएन । विसं २०१८ मङ्सिर २६ गतेदेखि नेपाल सन्देश पत्रिकामा समाचार लेखेर पत्रकारिता प्रारम्भ गर्नुभएका नेपाली त्यसयता निरन्तर पत्रकारितामै समर्पित रहनुभयो । पत्रकारितालाई नै आफ्नो मूल धर्म, पेशा र व्यवसाय ठान्ने नेपालीजस्तो समर्पित पत्रकार बिरलै मात्र पाउन सकिन्छ । उहाँका बारेमा जतिसुकै लेखे पनि जे लेखे पनि थोरै नै हुन्छ ।

    आदरणीय नेपालीजीलाई, जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा जहिले म प्रविणता प्रमाणपत्र तह (विसं २०४२/४४) को विद्यार्थी थिएँ त्यसबेलादेखि नै चिन्दछु । त्यसपछि निरन्तर उहाँको सम्पर्कमा छु । यस दृष्टिले हेर्ने हो भने उहाँसँग म प्रत्यक्षरुपले ३७÷३८ वर्षदेखि परिचित छु । परिचय प्रारम्भको त्यो समय मेरो पत्रकारिता जीवनको अत्यन्त प्रारम्भिक समय थियो भने नेपाली त्यसै बखत सुविख्यात भइसक्नुभएको थियो । त्यो समय सायद उहाँको पत्रकारिताको उत्कर्षको समय थियो भनेर भनियो भने अनुचित हुने छैन । विसं २०४४ को कुनै समयमा म पत्रकारितासँग आवद्ध हुन पुगेको थिएँ । त्यसपछि नेपालीजीसँग औपचारिकरूपमा भेट गर्ने क्रमले तीव्रता पाएको म सम्झन्छु ।

    एक दृष्टिले भन्ने हो भने नेपालीजी पत्रकारिता क्षेत्रमा मेरा एक ‘रोल मोडल’ हुनुहुन्थ्यो । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि मैले उहाँका बारेमा धेरै कुरा सुनेको थिएँ । पछि त निरन्तर भेट भइरह्यो र उहाँबारे सुनेका कुराको सत्यापन गर्ने अवसर मैले पाइरहेँ । तर दुःखका साथ भन्नुपर्छ, मैले अन्तिम समयमा उहाँलाई भेट्न पाइन । आज भोलि भन्दाभन्दै दिनहरु बिते र उहाँ पनि बित्नुभयो । निश्चय हो, उहाँको योगदानहरुले कहीँ न कहीँ मलाई प्रभावित बनाएको थियो । यो प्रभावले पनि पत्रकारितामा प्रवेश गर्नका लागि मलाई प्रोत्साहित गरेको थियो भनियो भने त्यो अन्यथा हुने छैन । उहाँ मेरै गृहनगर अर्थात जनकपुरसँग जोडिएको हुनुहुन्थ्यो ।

    त्यसैले पनि मलाई उहाँको सान्निध्य प्राप्त गर्न सहज थियो । यसअर्थमा मैले आफूलाई भाग्यशाली नै ठान्नुपर्छ । म जनकपुरमै रहेर २०४४ देखि २०५२ सम्म पत्रकारितामा सक्रिय रहेँ । त्योे समय उहाँसँग प्रत्येक दिनजसो भेट हुन्थ्यो । अधिकांशतः जनकचोकस्थित दीपनारायणजीको पत्रिका पसलमा साइकल सवार नेपालीजीसँग मेरो भेट हुने गर्दथ्यो । त्यहाँ भेट नभएको अवस्थामा जानकी मन्दिरको प्राङ्गण हाम्रो भेटघाटको अर्को निश्चित स्थान थियो । भेटका क्रममा अनेक कुरा हुन्थे ।

    केही राजनीतिका, केही साहित्यका र केही पत्रकारिताका । हामीबीचका ती कुराकानीले निश्चय पनि मलाई मार्गदर्शन र प्रोत्साहन प्राप्त हुने गर्दथ्यो । विसं २०५२ मा म पेशा र रोजगारीका क्रममा काठमाडौं आएँ । त्यसपछि मेरा अधिकांश समय यहीँ बित्न थाले । स्वभाविकरूपमा उहाँँसँगको प्रत्यक्ष भेटघाटको क्रम पनि पातलो हुन थाल्यो । तर अप्रत्यक्षरूपमा हामी सधँै नै सम्पर्कमा थियौँ । उहाँसँगको सान्निध्यका आधारमा म यति कुरा दाबीका साथ भन्न सक्छु कि नेपालीजी पत्रकार, साहित्यकार र राजनीतिकर्मीभन्दा बढी एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।

    उहाँसँगको मेरो सम्बन्ध पत्रकारिता मात्रको थिएन । उहाँसँग साहित्य र राजनीतिकरुपमा पनि सम्बन्धित थिएँ र छु भन्न पाउँदा गौरवबोध हुनु मेरा लागि अत्यन्त स्वभाविक छ । यी तीनवटै सम्बन्धका आधारमा सम्बन्धहरुको विश्लेषण गर्ने प्रयास गरिएमा म निःसङ्कोच भन्न सक्छु, नेपालीजी मेरा आदरणीय अभिभावक त हुनुहुन्थ्यो नै सँगसँगै प्रेरणाको एक स्रोत पनि हुनुहुन्थ्यो । मैले माथि पनि उल्लेख गरिसकेँ, नेपालीजीसँग म अत्यधिक प्रभावित थिएँ । उहाँसँग सम्बन्धित अनेक स्मृति मेरो मानसपटलमा अहिले पनि ताजै रहेको अनुभुति छ । तर ती सबै स्मृतिहरु यहाँ अभिव्यक्त गर्नु सहज र सम्भव छैन । उहाँसँग म प्रभावित हुनुपर्ने अनेक कारण छन् ।

    म उहाँको सादगीपूर्ण जीवन र पत्रकारिताप्रतिको अविभाज्य समर्पणबाट प्रभावित छु । मधेशबाट पत्रकारिता गर्ने र पत्रकारिताकै माध्यमबाट मिशनको दायित्वसँगै जीवन निर्वाहको प्रयत्न गर्नेहरुमध्ये नेपालीजी पहिलो पुस्ताको प्रखर र सशक्त पत्रकार हुनुहुन्थ्यो । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा उहाँको योगदान अत्यन्त महत्वपूर्ण छ । र, सबैभन्दा महत्वपूर्ण कुरा त के भने उहाँको योगदानलाई देश र समाजले स्वीकार गरेको छ । मूलतः जनकपुरको माटोमा रमेर भिजेर पत्रकारिता गर्ने नेपालीजीको योगदानको चर्चा जनकपुर, मिथिला र मधेशमा मात्र सीमित छैन । बरु सम्पूर्ण नेपालमा र विदेशमा पनि बडो आदरपूर्वक ‘नेपालीजी’ का रूपमा उहाँ चिनिनु हुन्छ ।

    धेरैलाई उहाँको पूर्ण र वास्तविक नामबारे जानकारी नहुन सक्छ । तर राजेश्वर नेपाली ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र नेपालभन्दा बाहिर पनि चिनिनु हुन्छ । उहाँ सबै समाजमा सर्वस्वीकृत हुनुहुन्थ्यो, रहिरहनु हुनेछ । त्यसो त उहँको रुची साहित्य र राजनीतिमा पनि थियो । तर उहाँ बढी चिनिनुभयो पत्रकारिताकै क्षेत्रमा र पत्रकारकै रुपमा । नेपाली, मैथिली र हिन्दी भाषामा समान अधिकार राख्नुहुने नेपालीजी यी तीनै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील रहनुभयो ।

    तीन भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत)का स्रष्टा हुनुहुन्छ उहाँ । यतिमात्र होइन, उहाँको परिचय लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा भएका आन्दोलनको एक अविश्रान्त योद्धाका रुपमा पनि छ । पत्रकार जगतले उहाँको योगदान स्वीकार गर्यो र केही थान सम्मान तथा पुरस्कार अर्पण गर्यो तर राज्य र सरकारले भने उहाँलाई सँधै उपेक्षा नै दियो । उहाँ अस्वस्थ भएर घरको ओछ्यानमा अचेत पल्टिइरहँदा कुनै पनि तहको सरकारको ध्यान उहाँतर्फ आकृष्ट हुन सकेन । राजनीतिसँग नजिकको साइनो भएकाहरु सहज र सुविधाजनक उपचार प्राप्त गर्न सक्षम भइरहेको नेपालको परिदृश्यमा सायद नेपालीजी ओझेल पर्नुभयो । राज्यले उहाँलाई देख्नै सकेन ।

    राज्यका निकायहरुको उपचारमा आवश्यक ध्यान पुग्न सकेको भए सम्भव थियो उहाँको आयु लम्बिन सक्थ्यो । महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित नेपालीजी सच्चा गान्धीवादीका रूपमा पनि चिनिनु हुन्छ । यही प्रभावबाट उहाँ समाज र राजनीतिमा पनि निर्देशित हुनुहुन्थ्यो । राजनीतिमा पनि उहाँको फरक परिचय थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनहरुबाटै सक्रिय रहनु भएका नेपालीजी प्रखर लोकतन्त्रवादी हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा अनेकौंपटक प्रशासनको कुदृष्टिको शिकार बन्नु भएका नेपालीजी आफ्नो लोकतान्त्रिक मूल्य–मान्यताका विरुद्ध कहिल्यै पनि सम्झौता गर्नु भएन ।

    जीवनभरि उहाँ आफ्नो राजनीतिक मूल्य, मान्यता, आस्था र विचारप्रति दृढ रहनुभयो । नेपालीजीलाई म मधेश–मिथिला ‘इन्साइक्लोपिडिया (विश्वकोष)’ का रूपमा पनि चिन्दथे । मधेश, मिथिला र नेपाली राजनीतिसँग सम्बन्धित अनेक जानकारीका विशाल संग्रह थियो उहाँसँग । उहाँको देहावसानपछि जानकारीका यी सङ्ग्रहको संरक्षणबारे पनि सोचिनु जरुरी छ । त्यसो त उहाँका सुपुत्र राघवेन्द्रमाथि पनि पिताको कर्मको यथेष्ट प्रभाव परेका कारण यी जानकारीले उहाँको संरक्षकत्व प्राप्त गर्ने कुरामा विमति हुन सक्दैन ।

    यस्ता अनेक जानकारी थिए जो नेपालीजीलाई कण्ठस्थ नै थियो । औपचारिक जानकारीको आधिकारिक सङ्ग्रहको विशाल अभिलेखीकरणको भण्डारको निर्माण गर्नु भएको थियो उहाँले । चाहे त्यो राजनीति होस चाहे साहित्य अथवा पत्रकारिता, सबैको जीवित दस्तावेज र ‘इन्साइक्लोपिडिया’को परिचय बनाउनुभएको थियो नेपालीजीले । यतिमत्र होइन, समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि उहाँ अजस्र स्रोत हुनुहुन्थ्यो ।

    उहाँ र उहाँको परिवारसँग रहेका यस्ता जानकारी अनेक अनुसन्धानकर्मीका लागि महत्वपूर्ण स्रोत सामग्री हुन सक्छन् । मेरो प्रस्ताव छ, उहाँको देहावसानपछि उहाँको घर परिवारमा रहेका यी अजस्र जानकारी सङ्ग्रहको संरक्षण कार्य परिवारका सदस्यमात्रको भरमा कठीन हुन सक्छ । यस्तोमा राज्यले पहल गर्नु अपेक्षित छ । अब यी सामग्रीको संरक्षणमा राज्यले दायित्व निर्वाह गर्नु अपरिहार्य छ । यसो गर्न सके निश्चय पनि भावी पुस्ता लाभान्वित हुन सक्नेछन् र सायद उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने एक उपयुक्त तरिका पनि हुन सक्छ यो प्रक्रिया । धर्मेन्द्र झा/रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.