चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र ६ का १ महिला ४ पुरुष सहित ५ जना समेतगरि जम्मा ८ जना रहेका छन। परिक्षण गरिएका नमुनाहरुको स्वाबहरु पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो । विहिबार र शुक्रवार परिक्षण गरिएका १२४ वटा नमूना मध्ये ११६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८ वटा नमुनाको पोजेटिभ आएको हो।








