चितवन । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ हेटौडा सडक खण्डको टिकौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति १० बजे टिकौली जंगलमा पुर्वबाट पश्चिम तर्फ गईरहेको ना ५ ख १३६४ नम्वरको ट्रकले बिपरीत दिसा बाट आर्ईरहेको ना ६४ प ८३६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रत्ननगर १४ का अन्दाजी ३५ वर्षीय पुरेन्द्र गिरीको मृत्यु भएको हो । ठक्कर पश्चात गम्भीर घाइते गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








