• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

तयारी पोसाक उद्योगी चौधरीको अनुभव: ‘स्वदेशमै केही गर्न सकिन्छ’

  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । हातमा सीप भएपछि स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ भरतपुर–२७ वनकट्टाका दीपक चौधरी । उहाँले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आइरहनुभएको छ । साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उहाँले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गर्नुभयो ।

    “उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाइने गरिएको छ । पहिला उद्योगमा पाँच छ प्रकारका कपडा बनाउने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले २५ देखि ३० प्रकारका कपडा बनाउने गरेको छु । उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायतका सहरमा बिक्री गर्ने गरिएको छ ।”

    सानैदेखि कुनै पनि काममा आफै नेतृत्वदायी भूमिका खेल्न रुचाउने उहाँले ३७ वर्षको उमेरमा उद्योग खोल्नुभयो । साथीभाइसँग मिलेर उद्योग सञ्चालन गर्नुभएका चौधरी उद्योगको पनि निर्देशक हुनुहुन्छ । उहाँले भन्नुभयो, “साथीभाइ सबै विदेश गए, मैले नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ ।”

    आफ्नो मेहनत र परिश्रमले दिनप्रतिदिन सफलताको सिढी चढेको उहाँको अनुभव छ । विसं २०७२ कात्तिक २ गते स्थापना भएको उद्योगबाट सुरुवाती चरणमा सबै खर्च कटाएर एक लाख पचास हजार रुपैयाँ बचत हुन्थ्यो । अहिले सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

    कक्षा ८ मा पढ्दापढ्दै उहाँले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम गर्न थाल्नुभयो । भारतमा ६ वर्षसम्म काम गरेपछि काठमाडौँ आएर उहाँले चार वर्ष काम गर्नुभयो । ‘१० वर्ष सिकेको सीप आफ्नै ठाउँमा आएर प्रयोग गर्दा सफलता मिल्दै गयो, उहाँले भन्नुभयो ।’ “४० लाखबाट सुरु गरेको उहाँको उद्योगमा अहिले डेढ करोड लगानी भइसकेको छ ।” भारतमा काम गर्दादेखि नै नेपालमा गएर केही काम गर्छु भन्ने सोच बनाएको उहाँ बताउनुहुन्छ । अहिले उहाँको दैनिकी उद्योग व्यवस्थापन र सञ्चालनमा बित्ने गरेको छ ।

    उहाँले उद्योग खोल्दा धेरै चुनौतीको सामना गर्नुपरेको उहाँ बताउनुहुन्छ । ‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए । कहिलेकाहीँ त पेसा छाडौँ कि जस्तो पनि भयो तर निरन्तरको कामले सफलता मिल्दै गयो’,उहाँले भन्नुभयो ।’ “चार वर्षसम्म स्वदेशी बजार बुझेर, कस्तो सामान मान्छेले खोजी गरिरहेका छन् र कस्तो सामान बनाउँदा उपयुक्त हुन्छ भन्ने योजनामा समय खर्च गरेको उहाँले बताउनुभयो ।” यसरी लामो समयसम्म बजार बुझ्दा आफैले उद्योग खोलेर चलाउन सक्छु भन्ने सोच आएपछि अगाडि बढेको विगतको स्मरण उहाँले गर्नुभयो ।

    “पुख्र्यौली सम्पत्ति भए पनि आफँैले केही नयाँ गर्छु भन्ने सोचका साथ आफैँले ऋण लिएर उद्योगको सुरुआत गरेँ,उहाँले भन्नुभयो, “ऋण तिर्नुपर्ने भएकाले पनि मेहनत गर्न सिकायो ।” मानिसमा मेहनत र लगनशीलता भयो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सुझाव उहाँले युवालाई दिनुभएको छ । उहाँले भन्नुभयो, “कोसिस गरे स्वदेशमा जे पनि गर्न सकिन्छ, विदेशीनु पर्दैन । तर मान्छेमा मेहनत र लगनशीलता हुनुपर्छ ।” रासस 

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.