• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नदीजन्य तथा खानीजन्य ढुङ्गाको सही सदुपयोग हुन सकेन

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल नदीजन्य तथा खानीजन्य ढुङ्गाको अपार स्रोत भएको देश भए पनि यसको सही सदुपयोग हुन नसक्दा देशले आर्थिक विकासको ठूलो सम्भावनालाई गुमाइरहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । न्युज एजेन्सी नेपालले आज काठमाडौँमा आयोजना गरेको नदी तथा खानीजन्य पदार्थको उत्खनन प्रशोधन तथा बिक्री वितरणमा देखिएको कानूनी जटिलता र समाधानको उपायबारे राउन्ड टेबल छलफल ‘सङ्कटमा क्रसर उद्योग’ कार्यक्रमका सहभागीहरूले सो कुरा बताउनुभएको हो ।

    कार्यक्रममा अर्थ समिति सभापति सन्तोष चालिसेले एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समाधान नहुने बताउनुभयो । उहाँले अर्थसमितिले प्रधानमन्त्रीको अमेरिका भ्रमण सकेर आएपछि तत्काल बसेर एकद्वार प्रणालीको नीति बनाउने विषयमा छलफल गरी निचोड निकाल्ने प्रतिबद्धता जनाउनुभयो । सभापति चालिसेले क्रसर तथा खानी क्षेत्रका काम गर्ने सबै व्यवसायी र सरकारी निकायहरूलाई समेट्ने गरी नीति बनाउने बताउनुभयो । उहाँले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्रसर उद्योगमा परेको सङ्कटको समाधान सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले नेपालमा दुई करोड घनमिटर गिट्टी बालुवा र ढुङ्गा आवश्यकता रहेको भन्दै ३१ करोड घनमिटर नेपालका खोलानालाबाट गिट्टी, बालुवा र ढुङ्गा झिक्न सक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । सभापति चालिसेले गिट्टी, बालुवा र ढुङ्गा उत्खनन नगर्दा खोला बस्तीमा पस्ने समस्या आउन थालेको जिकिर गर्नुभयो । क्रसर व्यवसायीहरूले सरकारलाई रु २८ अर्ब हरेक वर्ष राजस्व तिर्ने गरेको भन्दै सरकारले कानून बनाउन नसक्ने, क्रसर उद्योगी, टिपर उद्योगीलाई बचाउन नसक्ने एकापसमा दोषारोपण गरेर बस्ने काम भएको उहाँको भनाइ थियो । उहाँले नेपालले उत्खनन गर्न नसक्दा प्रत्येक वर्ष रु एक अर्बको बालुवा भारतले उत्खनन गर्ने गरेको बताउनुभयो ।

    यसैगरी पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन कार्य खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक गिट्टी, बालुवा र ढुङ्गा उत्खनन रोक्न नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले कानूनी जटिलता सहज बनाएर नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गर्नसके हजारौँलाई रोजगारी र अर्बौंको राज्यलाई आम्दानी आर्जन हुनेछ ।” नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गर्न नदिने र क्रसर उद्योगहरू पनि बन्द गर्ने हो भने हजारौँ मानिस विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

    सभापति सिंहले सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गर्न दिएर अर्बौं रूपैयाँ आर्जन गर्दा रु ५० लाख खोला संरक्षणका लागि खर्च गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मेरो कार्यकालमा कुनै पनि बेइमानी गर्दिनँ । व्यवसायीहरूसँग चुनावी खर्च पनि गर्दैनौँ । चार वर्ष काम गर्न नसके व्यवसाय मात्रै नभएर देश सकिन सक्छ । व्यवसायीहरूले सबै चीज गर्नुस् तर देशलाई ठग्ने काम नगर्नुस् ।” यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले निजी क्षेत्रलाई काम गर्न दिएन भने देश विकास सम्भव नभएको बताउनुभयो ।

    उहाँले विकसित मुलुकहरूमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै निजी क्षेत्रले राम्रो काम गरेर विकसित मुलुक बनाएको उल्लेख गर्नुभयो । उहाँले भारत र चीनलाई हेर्दा पनि निजी क्षेत्रले गरेको काम देख्न सकिने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई काम गर्न दिनका लागि सबै मन्त्रालयका सचिव बसेर देश विकासका निम्ति एकीकृत ऐनकानूनहरू बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । क्रसर उद्योग खोल्नका लागि १३ वटा मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको सुझाव थियो ।

    कार्यक्रममा पूर्वसचिव विश्वप्रकाश पण्डितले चुरे पहाडमा क्रसरले कुनै उत्खनन नगर्ने गरेको र चुरे बगेर तराईमा आइसकेपछि त्यो निकाल्नु नै वैज्ञानिक मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ वार्षिक ३१ करोड घनमिटरमध्ये दुई करोड घनमिटर नेपालको अधिकतम आवश्यकता हो, बाँकी २९ करोड घनमिटर उत्खनन गरी निकासी गर्दा वार्षिक रु पाँच खर्बसम्म राष्ट्रिय आय हुन आउँछ । बगेर भारत जान दिने वा तराईमा मरुभूमिकरण गर्न वा प्रशोधन गरेर निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने बारेमा गम्भीर चिन्तन गरौँ ।”

    यसैगरी उहाँले क्रसर उद्योगले चुरे दोहन गरे भन्ने प्रोपोगण्डा भएको र सबै नेपालीले त्यो सत्य हो भन्ने ठानेको समेत बताउनुभयो । तराईका नदीहरूमा दुवैतर्फबाट तटबन्धन निर्माण गर्ने पानीको सतहसम्म बाँध निर्माण गरेर बगेर जान नदिने बाँध माथि तीन÷चार वा सात÷आठ मिटरसम्म नदीजन्य पदार्थ उत्खनन गरी रिजर्भवायर बनाउने र बर्खामा नदीजन्य पदार्थले भर्नुपर्ने उहाँको सुझाव थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.