• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

सांसदसँग रासस– यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर

  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् । जनआकाङ्क्षाका आवाज आफ्ना प्रतिनिधि मार्फत संसद्मा बुलन्द हुन नसक्दा जनतामा निरासा पनि छाउन थालेको देखिन्छ । स्वयं सांसदहरू नै संसद्मा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् । संसदीय राजनीतिमा लामो अनुभव र शालीन नेताको छवि बनाउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर नागरिक आकाङ्क्षाअनुसार संसद् अघि बढ्न नसकेको स्वीकार्नुहुन्छ ।

    ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँ भन्नुहुन्छ “संसद्मा जनताका विषयवस्तु गम्भीररूपमा उठ्न सकेनन् । जनतासँग सरोकार राख्ने कानुनहरू बन्दैनन् भने हामीमाथि यसै प्रश्न उठ्ने नै भयो । प्रश्न उठ्नु पनि पर्छ । किनभने जनताको समस्या समाधानका गर्नका लागि सहजीकरण गर्न हामीलाई चुनिएको हो ।” विधि,विधान बनाउने सर्वोच्च निकाय संसद अर्थात् व्यवस्थापिका संसद हो । संसद्मा सांसदले निर्वाह गर्नुहुने भूमिका अति महत्वपूर्ण हुन्छ । कानुन बनाउने र नागरिकका गुनासो सुन्ने मुख्य दुईवटा भूमिकामा सांसदहरू रहनुपर्ने र संसद्ले सोहीअनुरुप काम गर्नुपर्ने उहाँको बुझाइ छ ।

    “सांसदका मुख्य दुई जिम्मेवारी हुन्छन् । एउटा विधायकका रूपमा कानुन बनाउने र अर्को भनेको जनताका सरोकारका विषय संसद्मा राख्ने हो । विधायकले कानुनमात्रै बनाउने तर जनताका समस्या र सरोकारका विषयमा बेखबर भएर बस्ने भन्ने हुँदैन । जनताका दैनिक जीवनसँग जोडिएका र सरोकारका विषयमा चनाखो भएरै बसेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “नागरिकका समस्यालाई सम्बोधन गर्न सम्बन्धित ठाउँमा पुर्याउने काम विधायककै हो । म काठमाडौँमा रहँदा मेरो जिल्लामा कुनै घटना घट्यो भने मैले गृह मन्त्रालय वा अरु तालुकवाला मन्त्रालय र निकायमा गएर सो विषयमा सोधखोज, समन्वय गर्नुपर्ने हुन्छ ।”

    जनताका समस्या समाधान गर्ने दायित्व बहन गरेरै चुनिएर आउने भएकाले सांसदलाई विधायिकी भूमिकामा मात्रै सीमित गर्न नसकिने उहाँको बुझाइ छ । विधायिकी अधिकारमात्र दिने र सरकारमा पनि सहभागी नहुने ढङ्गले निर्वाचित गर्ने हो भने संविधानमै त्यस किसिमको व्यवस्था गरिनुपर्ने उहाँको तर्क छ । संसद्का कामप्रति लक्षित गरेर उठिरहेका प्रश्नलाई पनि स्वभाविक ठान्नु भन्ने कुँवरको भनाइ छ । “जनताका प्रतिनिधिलाई टिप्पणी गर्न पाइन्छ । हामी खुला किताब भएरै हिँडिरहेका हुन्छौँ । सामाजिकरूपमा आउने प्रश्नबारे हामीले अप्ठ्यारो मान्न पनि हुँदैन”, सांसद कुँवर भन्नुहुन्छ ।

    नागरिकले गर्ने प्रश्नको मुख्य कारक भने राजनीतिक दलले देखाइरहेको कार्यशैली रहेको उहाँको बुझाइ छ । सरकारले ‘बिजनेस’ दिन नसक्ने र प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध पार्ने खराब प्रवृत्तिका कारण संसद्प्रति नागरिक तहमा निराशा छाएको धारणा उहाँको छ । “यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन । जनताका सरोकारका विषय आउन नदिने, सांसदले नै आफ्नो कुरा नै राख्न नपाउने, अधिकार प्रयोग गर्न नपाउने, बोल्न नपाउने, जहिल्यै संसद् अवरुद्ध भइरहनु राम्रो होइन । यो गलत संस्कारलाई अन्त्य गरिनुपर्छ”, उहाँको भनाइ छ । संसद्को प्रभावकारिता देखिनका लागि सरकारले पनि त्यसमा भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    “संसद्लाई सरकारले बिजनेस दिने हो । सरकारले बिजनेस दिइसकेपछि विधेयक संसद्मा आउँछन् । संसद्बाट समितिमा जान्छन्”, उहाँ भन्नुहुन्छ, “अब संसद् यही भदौ २७ गते बस्दैछ । यो बीचमा कुनै बिजनेस नै छैन । बिजनेसबिनाको संसद् हुँदैन । सरकारले बिजनेस दिएन भने संसद् चलाएरमात्र के गर्ने ? त्यत्तिकै संसद् बस्ने कुरा पनि आएन ।” हाल एक सय १२ कानुन आउन बाँकी रहेको र मौलिक अधिकारसँग सम्बन्धितमात्रै ७८ वटा कानुन बन्न नसकेको उहाँको भनाइ छ । बन्न बाँकी कानुनलाई सरकार गम्भीर भएर धमाधम विधेयकका मस्यौदा बनाएर संसद्मा ल्याउनुपर्ने कुँवर बताउनुहुन्छ । त्यस्तै संसद् अवरुद्ध हुन नदिने वातावरण सिर्जना गर्ने दायित्व पनि सरकारकै रहेको उहाँको बुझाइ छ ।

    “सरकारले आफ्नो जिम्मेवारी निभाउनुपर्यो । संसद् अवरुद्ध हुने, विभिन्न व्यवधान आउने कुरालाई सबैले मिलेर सहजीकरण गर्नुपर्यो”, उहाँ भन्नुहुन्छ, “देश बनाउने हो भने सबैले सामूहिक ढङ्गले जान सक्नुपर्छ । राजनीतिमात्रै गर्ने हो भने जनताले हेरिरहेकै छन् । मूल्याङ्कन गरिरहेकै छन् ।” बिजनेस नभएका बेला सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने र जनताका गुनासो, पीरमर्का सुन्ने समय पनि हो । सांसद जनताको बीचमा पनि जानुपर्ने हुन्छ । एक महिनासम्म आफ्नो सांसदलाई जिल्लामा नदेख्दा नागरिकस्तरमा प्रश्न उठ्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एक महिना जिल्ला गएन भने सामाजिक सञ्जालमा गाली गर्छन् ।

    सांसद काठमाडौँमा मात्रै बस्ने र आफ्नो विधायिकी भूमिकामात्रै हो भनेर बस्ने हो भने हामी जनताबाट टाढा हुन्छौँ । भोलि फेरि जनताका बीचमा जानुपर्ने हुन्छ । त्यसकारण दुवै खालका भूमिका निर्वाह सांसदले निभाउनुपर्छ ।” जिल्लामा गएको बेला, आकस्मिक समस्या पर्दाको अवस्थाबाहेक सांसदहरू सदन र समितिमा जाने गरेको सांसद कुँवर बताउनुहुन्छ । सबै सांसद आफू रहेको समितिमा रहेर कानुन निर्माणमा लागिरहेको उहाँको भनाइ छ । प्रक्रियागत काम नागरिक तहमा कम जानकारीमा आउने भएका कारण पनि सांसदले केही काम नै गरेनन् भन्ने बुझाइ पर्न सक्ने उहाँको तर्क छ ।

    उहाँ केही दिनअघिमात्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको निजामती सेवा विधेयक सदनमा जतिसक्दो चाँडो प्रस्तुत गर्नुपर्ने बताउनुहुन्छ । त्यस्तै संसद्मा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७० लगायत विधेयक छलफलका क्रममा छन् । संसद् र संसदीय समितिमा औपचारिक एवं अनौपचारिक दुवै तरिकाले ती विधेयकमाथि छलफल भइरहेको छ ।

    सबै पक्षको विचार एकीकृत होेउन् भनेर समितिमा विधेयकमाथिको छलफललाई तीव्रता दिएको सांसदकुँवर बताउनुहुन्छ । शान्ति प्रक्रिया सुरु भएको डेढ दशकभन्दा बढी समय भइसक्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपणको विषय टुङ्गिन नसक्नु दुःखद् रहेको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “शान्ति प्रक्रिया सुरु हुँदा जन्मेको बच्चा अहिले किरोशावस्था कट्न थालिसक्दा पनि यो विषय टुङ्गिन सकेको छैन । यसमा गम्भीर हुन जरुरी छ । हामी त गम्भीर छौँ नै, नेतृत्व पनि गम्भीर हुनुपर्छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.