• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल

  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताउनुभयो ।

    आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्यमा आफ्नो सेवालाई थप विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

    भूकम्प, कोभिड–१९ जस्ता दैवी प्रकोप तथा महामारीको अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन यस संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको मन्त्री रिजालले स्मरण गर्नुभयो । आगामी दिनमा सेवा क्षेत्र विस्तार गरी कारोबार पनि बढाउने लक्ष्य लिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङको वित्तीय अवस्था थप सुदृढ पार्न सेवाको विविधीकरण आवश्यक रहेको बताउनुभयो ।

    “साल्ट ट्रेडिङमार्फत बेचिने सरकारी अनुदानको रासायनिक मलले कृषि क्षेत्रको उत्पादनलाई प्रत्यक्ष सहयोग गरेको छ । उत्पादनका अरु क्षेत्रमा पनि साल्ट ट्रेडिङले काम गर्न सक्छ । काम गर्ने क्षेत्रको विविधीकरण सोअनुसारको व्यावसायिक योजना बनाउँछौँ”, उहाँले भन्नुभयो । कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउनुका अतिरिक्त रासायनिक मलको आयात तथा बिक्री, विभिन्न स्टल स्थापना गरी सहुलियत मूल्यमा नुन, चिनीलगायतका खाद्यवस्तु बिक्री वितरण गर्ने, ग्यास उद्योग सञ्चालन गर्ने, केमिकल तथा खादको उत्पादन, पैठारी र बिक्री वितरण गर्ने गराउनेजस्ता विविध कार्य गर्दै आइरहेको छ ।

    सेवामूलक व्यावसायिक संस्थाको रूपमा रहेको कर्पोरेशनले व्यावसायिक सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वसमेत निभाइरहेको छ । यो कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब ७७ करोड र अघिल्लो आवमा रु सात अर्ब १७ करोड बराबरको वस्तु बिक्री गरेको जनाएको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.