• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

खाजा बेचेरै मासिक एक लाख बचत गर्छन काफ्ले

  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ । बिहानदेखि रातिसम्म पारिवारिकरुपमा गरिएको व्यवसायमा तल्लीन रहनुहुने काफ्ले समय बिहान उठेदेखि ग्राहकको खाजा जोरजाम र खाजा खुवाउँदैमा बित्ने गरेको छ ।

    दिनभरिका लागि आवश्यक पर्ने खाजाका परिकारको तयारीमा बिहानदेखि नै काफ्ले दम्पती जुटनुहुन्छ । जब अपराह्न हुन्छ तब काफ्लेलाई ग्राहकको मागअनुसारको परिकार बनाउन भ्याइनभ्याइ हुन्छ । जिम्मेवारीले थिचेपछि उच्च शिक्षा अध्ययन गर्दैगर्दा सन् २००६ मा रोजगारीको सिलसिलामा उहाँ साउदी लाग्नुभएका थियो । घरको आर्थिक अवस्था र गाउँ छिमेकमा कसैले विदेशमा राम्रो कमाइ हुन्छ भनेपछि उहाँको मन विदेशतिर ढल्कियो । विदेश पुगेपछि मात्र काफ्लेले त्यहाँको वास्तविकता थाहा पाउनुभयो ।

    साउदी, दुबई र कतारसम्मको बसाईका क्रममा उहाँलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने लागेर नेपाल फर्कनुभयो । वैदेशिक यात्राका क्रममा समेत होटलमा काम गर्नुभएका काफ्लेलाई सुरुआती समयमा भने यहाँ आएर व्यापार गर्न लाज लागेको थियो । वैदेशिक यात्राका क्रममा कमाएको केही रकम घरायसी व्यवहार मिलाउँदा सकिएपछि साथीसँग रु ५० हजार सापटी र श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गर्नुभएका उहाँ अहिले राम्रो आम्दानी हुन थालेपछि निकै उत्साहित हुनुभएको छ । आशिका दिपिका खाजा घरको नाममा ठेलामा व्यवसाय गर्दै आउनुभएका काफ्लेले व्यवसायलाई विस्तार गर्दै सटरसम्म पु¥याउनुभएको छ ।

    विदेशबाट फर्किएपछि आम्दानीको स्रोत केही नभेट्टाएर अवसरको खोजीमा लाग्नुभएका उहाँले विगत छ वर्षदेखि व्यवसाय गर्दै आउनुभएको हो । काठमाडौँ, हेटौँडा र नारायणगढसम्म ठेलामा व्यवसाय गरेको देखेपछि यो व्यवसाय रत्ननगरमा समेत राम्रो हुने भन्दै त्यता लाग्नुभएका काफ्ले सुरुआती दिनमा भएको कमाइ सम्झदा अहिले पनि विदेश जाउँ की जस्तो लाग्ने गरेको बताउनुहुन्छ । सुरुआतमा दिनको रु तीन सय मात्रै व्यापार हुँदा हतोत्साहित हुनुभएका उहाँ पछिल्ला दिनको व्यापारमा भने सन्तुष्ट हुनुहुन्छ ।

    काफ्लेले भन्नुहुन्छ, “निरन्तर ग¥यो भने जुनसुकै काममा पनि सफल भइदोरहेछ ।” खाजाको रुपमा उहाँले अहिले मःम, ससेज, लालिपक, पकौडा, आलुचप, लेगपिसजस्ता परिकार बिक्री गर्दै आउनुभएको छ । काफ्ले खाजाको गुणस्तरमा भने कुनै सम्झौता नगर्ने बताउनुहुन्छ । बिहान ल्याएको सामान बेलुकासम्म सकिने बताउँदै उहाँ अहिले एक दिन व्यापार बन्द ग¥यो भने ग्राहकको गाली सुन्नुपर्ने बताउनुहुन्छ । “अहिले दैनिक रु २० हजारसम्मको व्यापार हुँदै आएको छ,” काफ्ले भन्नुहुन्छ, “खर्च कटाएर मासिक रु एक लाख बचत हुन्छ ।”

    आफ्नो ग्राहक ५० प्रतिशत विदेश पलायन भइसकेको बताउँदै उहाँ आम्दानी हुँदाहुँदै पनि यहाँ बसेर भविष्य बन्दैनकी भन्ने समस्याले भने झस्काइरहने गरेको छ । काफ्ले थप्नुहुन्छ, “अहिले ठिकै छ । छोराछोरीको भविष्यका लागि फेरी विदेशिनुपर्ने हो की भन्ने लाग्थ्यो तर विदेश जाने सोच भने छैन ।” विदेशिने युवालाई आफ्नै माटोमा केही गर्न आग्रह गर्दै उहाँ सीप सिकेर मात्रै विदेश जान आग्रह गर्नुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.