कालिका । उदयपुर सामुदायीक बन उपभोक्ता समूहले निम्न बर्गका बिद्याथीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । सोमबार आज कालिका नगरपालिकामा रहेका बिभिन्न तीन स्कूलहरुमा शैक्षिक समाग्री बितरण गरिएको हो ।
निम्न आयस्तर भएका परिवारहरुलाई आफ्ना बिद्यार्थीहरुको भबिष्य सुनौलो बनाउनको लागी वनले सामुदायीक उत्तरदायीत्व बहन गर्दै शैक्षिक समाग्री प्रदान गरेको उदयपुर सामुदायीक बन उपभोक्ता समूहका अध्यक्ष शंकर लामाले बताए ।
कालिका नगरपालीका ७ मा रहेको श्री आधारभूत बिद्यालय जुटपानी, कालिका ८ छेपेटारमा रहेको श्री आधारभूत बिद्यालय र पिठुवामा रहेको बिद्यालयलाई शैक्षिक समाग्री अन्तर्गत करिब १५ सय कापिकलम बितरण गरिएको हो ।









