हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभाकी सांसद मुनु सिग्देलले आफुलाई कोरोना संक्रमण भएको जनाएकी छिन् । उनले मंगलबार विहान सामाजिक संजाल फेसबुकमा यसबारे जानकारी दिएकी हुन् । उनले आफू काठमाडौंमा रहेको र पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाएकी छिन् । असोज ५ गते हेटौंडाबाट काठमाडौं गएको र सामान्य रूघाखोकी लागेकाले पिसपआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको जानकारी दिइन् । उनले आफू घरमा सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ सामान्य रहेको जानकारी दिइन् ।








