चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४ पुरुष र ३ महिला गरि ७ जना, रत्ननगरका २ पुरुष र ४ महिला गरि ६ जना, खैरहनीका २ पुरुष र ३ महिला गरि ५ जना , राप्तीका ३ पुरुष र १ महिलागरि ४ जना र कावासोतीका १ महिला समेतगरि २३ जना संक्रमित भएका हुन । संक्रमित हुनेहरु १७ देखि ७३ वर्षसम्मका रहेका छन् । परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल, नेशनल सिटी अस्पताल र क्वारेन्टिनहरुबाट संकलन गरिएको अस्पतालले जनाएको छ ।बुधबार परिक्षण गरिएका १६९ वटा नमूना मध्ये १४६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २३ वटा नमुनाको पोजेटिभ आएको हो ।








