• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजराइलमा आक्रमण गर्दा तीन जना नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई जानकारी गराउनुभएको थियो ।

    शून्य समय र विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । संसद्को विशेष समयमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले केही कैदीबन्दीको सजाय मिनाहा गरेको विषयमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो ।

    दसँै तिहारको समयमा उपभोक्ता बजारमा अनकौंँ समस्या देखिएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधानका लागि सरकारले यसमा जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । सांसद श्यामकुमार घिमिरे नेपालको अर्थतन्त्र सुधारका लागि थालिएका सुधारका प्रयासको नतिजा देखिन नसकेको बताउनुभयो । नेपालमा न्यून पुँजीगत खर्च, जग्गा खण्डीकरण तथा हदबन्दी, घट्दो आन्तरिक उत्पादनलगायतका कारण समस्या देखिएको उहाँको भनाइ छ । निजी क्षेत्र र सरकारी क्षेत्रबीच दूरी बढ्दै गएको देखिएको धारणा उहाँले संसद्मा राख्नुभयो । संसद्मा दर्ता भएका विधेयकले पनि निजी क्षेत्रको अधिकारलाई खुम्चाउन खोजेको जस्तो देखिएको धारणा घिमिरेले संसद्मा राख्नुभयो ।

    सरकारी संस्थानले नै एकाधिकार कायम गरेको विषय पनि उहाँले उठाउनुभयो । पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिने गरी विभिन्न घटना देखिएको भन्दै सांसद हितबहादुर तामाङले यस्ता घटना थप घट्न नदिन सबै राजनीतिक दलले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने र सरकारले शान्ति सुव्यवस्था कायम गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियाको काम चाँडो टुङ्ग्याउनुपर्ने पनि उहाँको भनाइ छ । सांसद डा स्वर्मिण वाग्लेले तनहुँमा डेङ्गी रोगको सङ्क्रमण बढिरहेको विषय संसद्मा उठाउनुभयो ।

    रोग नियन्त्रणका लागि जिल्लाका स्वास्थ्य संस्थामा स्थास्थ्य सामग्री पर्याप्त नरहेको उहाँको भनाइ छ । हाल मिर्गाैलाको डायलासिस गरिएका एक तिहाई व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएका र ४० वर्षभन्दा कम उमेर समूहका रहेको एक अध्ययनबाट देखिएको उल्लेख गर्नुहुँदै वाग्लेले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि चालु आर्थिक वर्षको बजेटमार्फत् केही राम्रा प्रयासको थालनी भए पनि त्यसको कार्यान्वयनमा पनि सरकार चुकिरहेको धारणा वाग्लेले राख्नुभयो । चालु आर्थिक वर्षको बजेटमा दफा २९ देखि ५२ सम्मका बुँदा कार्यान्वयन के कसरी भइरहेका छन् भनेर उहाँले सरकारलाई प्रश्न गर्नुभयो ।

    चालु आर्थिक वर्षका लागि सरकारले आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन नसक्ने अवस्था देखिएको उहाँको दाबी थियो । शोधनान्तर अवस्थामा केही सुधार देखिए पनि बजेट कार्यान्वयनमा सरकार गम्भीर हुन नसकेको र सरकारका तर्फबाट हुनुपर्ने कुनैपनि कामको नतिजा नदेखिएको उहाँले बताउनुभयो । मौद्रिक नीतिले केही खुकुलो व्यवस्था ल्याएकोमा भने सांसद वाग्लेले त्यसलाई सकारात्मक प्रतिक्रिया दिनुभयो । अर्थतन्त्रमा सुधार हुन नसक्नुमा केन्द्रीय बैंकलाई मात्रै जिम्मेवार ठान्न नहुने उहाँको धारणा छ ।

    सांसद धवल शमशेर जबराले सामाजिक सञ्जाल नियमनका लागि कानुनी र कार्यान्वयन संयन्त्र तयार पारिनुपर्ने बताउनुभयो । निजी क्षेत्रबाट चलिरहेका शिक्षण संस्थालाई निरुत्साहित गर्नेगरी शिक्षा विधेयकले गरेको व्यवस्था हटाउनुपर्ने उहाँको भनाइ छ । सांसद प्रदीप यादवले गत मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितलाई अझै राहत पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै, प्रदेश संयन्त्र खारेज गरिनुपर्ने भनेर आवाज उठिरहेकोमा सङ्घीयता मजबुद बनाउनका लागि प्रदेश सरकारसँग सम्बन्धित ऐन नियम बनाउन आश्यक रहेको बताउनुभयो ।

    आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनका लागि सङ्घीय ऐनहरु तथा प्रदेशसँग जोडिएका कानुन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यस्तै, मुलुकको आर्थिक अवस्था खस्किँदै गएकोप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद लालवीर चौधरीले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिने गरी घटना घट्नुमा राजनीतिक दल पनि जिम्मेवार रहेका बताउनुभयो । दसैँ, तिहारको समयमा यस्ता घटना घट्न नदिन शान्ति सु-व्यवस्थालाई थप मजबुद बनाउन सरकारालाई आग्रह गर्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.