• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सोह्र वर्षमा एभरेष्ट साकोसको सम्पत्ति ४० करोड

  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । विसं २०६४ मा स्थापना भएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको सम्पत्ति ४० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको जम्मा सम्पत्ति ४० करोड १२ लाख ८० हजार चार सय ८२ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष बालगोपाल चुकेले बताउनुभयो । भरतपुर–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सहकारीको बुधबार आयोजित १६औँ वार्षिक साधारणसभाका क्रममा अध्यक्ष चुकेले २०६४ चैतमा २५ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा अहिले तीन हजार सात सय ७५ जना शेयर सदस्य पुगेको जानकारी दिनुभयो ।

    १२ लाख ५० हजार रुपैयाँ शेयर पुँजीबाट सञ्चालनमा आएको सहकारीको हाल पाँच करोड ४० लाख ३७ हजार सात सय रुपैयाँ शेयर पुँजी पुगेको समेत चुकेले बताउनुभयो । संस्थाको बचत रकम २५ करोड २७ लाख २१ हजार रुपैयाँ तथा ऋण लगानी ३१ करोड ३३ लाख २८ हजार रहेको भन्दै अध्यक्ष चुकेले जगेडा तथा अन्य कोष पाँच करोड ९७ लाख ४६ हजार रहेको बताउनुभयो । सहकारीले चार वर्षे रणनीतिक योजना निर्माण गरी व्यवसायिक, सामाजिक र सदस्यमैत्री सेवाको लागि अघि बढेको उहाँको भनाइ छ ।

    सहकारीको सेवालाई सदस्यमुखी बनाइ वित्तीय तथा गैरवित्तीय सेवालाई सदस्यको चाहना अनुरुप स्तरोन्नति र प्राविधिक सेवा थप गर्दै सदस्य केन्द्रित सेवामा संस्था निरन्तर अगाडि बढ्ने योजना रहेको अध्यक्ष चुकेले बताउनुभयो । कोरोनाको प्रभाव सकिए लगत्तै आर्थिक मन्दी र सहकारीमा तरलता संकटका कारण संस्थाको बचत संकलन, संस्थाको ऋण लगानी तथा असुलीमा प्रत्यक्ष प्रभाव परेको उहाँको भनाइ छ । सो कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

    संस्थाले सामाजिक कामसँगै उत्पादनमा जोड दिनुपर्ने औल्याउँदै उपप्रमुख अधिकारीले उद्योगधन्दा सञ्चालनमा सहकारीले कर्जा प्रवाह गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सहकारीमा विकृति फैलिएको भन्दै उहाँले यसबारे सचेत बन्नुपर्नेमा सहकारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो । सहकारीमा पैसा जम्मा गर्ने र कर्जा वितरण गर्ने तथा बोनस प्राप्त उद्देश्यले सदस्य बन्ने प्रवृत्ति बढेको भन्दै उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने बताउनुभयो । संस्थाको गतिविधिबारे शेयर सदस्यले जानकारी नराख्ने भन्दै उपप्रमुख अधिकारीले साधारणसभाका बेलामा बोनस र यातायात खर्चका लागि मात्रै सहभागी हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

    सो कार्यक्रममा नेफ्स्कुनका सञ्चालक नवराज सापकोटाले सहकारीका निर्णय र योजना सदस्य केन्द्रित हुनुपर्ने बताउनुभयो । केही सहकारीमा देखिएका संकटका कारण सहकारी क्षेत्र बद्नाम हुँदै गएका भन्दै सापकोटाले अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा सहकारी डुबेका बताउनुभयो । सहकारीमा जम्मा बचतको ३० प्रतिशत रकम नियमित बचतको हुनुपर्ने भन्दै सापकोटाले सदस्यको हितमा सदस्यको जीवनस्तर परिवर्तनमा सहकारी लाग्नुपर्नेमा जोड दिनुभयो ।

    नेफ्स्कुन सञ्चालक विद्या कोइरालाले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा आउनुपर्छ भनेर अभियान सञ्चालन गरिएको भन्दै उहाँले सहकारी संस्थाहरु स्वनियममा सञ्चालन हुनुपर्ने बताउनुभयो । सहकारीको साधारणसभाका क्रममा प्रविधिको उच्चतम प्रयोग गर्ने शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, ऐच्छिक बचततर्फ उत्कृष्ट बचतकर्ता, सर्वाधिक बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, कनिष्ठ शेयर सदस्यलगायतलाई पुरस्कृत गरिएको थियो ।

    साधारणसभाले सचिव मदनप्रसाद पौडेलको प्रतिवेदन, लेखा संयोजक गणेश अधिकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । सहकारीका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको सञ्चालक सदस्य संगीता अधिकारीले गर्नुभएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.