• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रत्ननगरमा ३१६ मा कोरोना पुष्टि,७८ प्रतिशत कोरोना मुक्त

"मेयर नारायण वन भन्छन : बच्नकै लागि कागतीको पात समेत खाए "
  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण देखिएयता शुक्रबार सम्म ३१६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जस मध्य ७८ प्रतिशत संक्रमित कोरोना मुक्त भएर घर फर्किएका नगरपालिकाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार हाल सम्म १ हजार ४४४ जनाको पिसिआर नमुना परीक्षण गरिएकोमा ३१६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्य २४८ जना अर्थात ७८ प्रतिशत निको भएको र ६५ जना बिरामीमा कोरोना सक्रिय रहेको पौडेलले बताए । जस मध्य ५७ जना होम आइसोलेसन ,५ जना सामुदायिक आइसोलेसन र ३ जना संस्थागत आइसोलेसनमा छन् । उनिहरु सबै लक्षण बिहिन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । कोरोना संक्रमणका कारण रत्ननगरमा हाल सम्म ३ जनाको अर्थात १ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला हुन । रत्ननगरमा हाल सम्म ३९५ जना सामुदायिक क्वारेन्टाइन ,३१० जना होम क्वारेन्टाइनमा बसिसकेका छन् भने ४०५ जनाको आरडिटी परिक्षण गरिएको छ । रत्ननगरमा दुई वटा उद्योग मा संक्रमण फैलिएको कारण संक्रमितको संख्या धेरै देखिएको रत्ननगरका मेयर नारायण वनले बताए । मेयर वन स्वयम्मा कोरोना संक्रमण देखिएर निको भइसकेको छ । रत्ननगरमा सबै भन्दा धेरै वडा नम्बर १४ मा ६५ जना र सबैभन्दा कम वडा नम्बर ६ मा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । पत्रकार सम्मेलनमा कोरोना मुक्त भएको सो नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहंदाको अनुभव सुनाए । कोरोना संक्रमण नियन्त्रणका लागि दिनरात खट्दा आफैमा संक्रमण देखियो मेयर वनले भने – जनताको सेवामा खटिरहने बानी परेको घर भित्रै बस्दा उकुसमुकुस भयो,आफ्नो स्वास्थ्यको ख्याल गर्दै नगरबासीको पनि चिन्ता उत्तिकै लाग्यो । कोरोनबाट छिटो मुक्त हुन आत्मबल बलियो बनाउनु पर्ने आफुले अनुभव गरेको उनले सुनाए । होम आइसोलेसनमै बस्दा आत्मवल बढ्ने भन्दै मेयर वनले बाच्नको लागि कागतीको पात समेत खाएको बताए । उनले मरिच,बेसारपानी,निमको पात,पारिजातको पात समेत खाइएको समेत बताए । गुर्जो बेसार पानीको नियमित सेवन गरेको बताउदै उनले योगा,ध्यान समेत ती अबधिमा गरेको जानकारी दिए । होम आइसोलेसनको अबधिमा एक दिन अलि गाह्रो भए पनि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य विधि अपनाइएको उनले सुनाए । मेयर वनले आफ्नो स्वास्थ्य प्रती चिन्ता व्यक्त गर्ने,सुझाब दिने,स्वास्थ्यको कामना गर्ने सबैलाइ धन्यवाद समेत दिए । सो अवसरमा नगरपालिका उपमेयर बिमला दुवाडिले घरायसी र आयुर्वेदिक औसधि सेवन र योग अभ्यास नियमित गरे कोरोनालाइ सजिलै परास्त गर्न सकिने बताइन । यसैबीच सो नगरपालिकाले कोरोना नियन्त्रण,रोगथाम र व्यवस्थापनमा १ करोड ४९ लाख ८९६ रुपैया खर्च भएको जनाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा १ करोड २७ लाख र चालु आर्थिक बर्षमा २२ लाख ८९६ रुपैया खर्च भएको छ ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.