• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी

  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ ।

    नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिनुभएको छ । ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको उहाँले बताउनुभयो ।

    नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।

    नगरपालिकाभित्रका सडकलगायतका सबै भौतिक पूर्वाधारलाई स्थानीय कलासंस्कृित र मौलिकता झल्किने गरी अपाङ्गमैत्री, बालमैत्री बनाउँदै लैजाने गरी नगरपालिकाले योजना बनाएर कार्य गर्दै आएको छ । पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ । धेरैजसो स्थानीय सडकमा फुटपाथ नै नहुने फुटपाथ भएका ठाउँमा पनि रुखसँगै पसल, पार्किङ, सामग्री थुपार्ने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

    अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि हुँदै गएको र यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताउनुभयो । उहाँले पैदल मार्गको निर्माणले पैदलयात्री निर्धक्कसँग हिँड्न पाउने, बालबालिका र अपाङ्गसमेत थप सुरक्षित हुने वातावरण बन्ने बताउनुभयो । निर्माण भइरहेका अपाङ्गमैत्री आयोजनाको नाला निर्माण, फुटपाथ निर्माणको कार्य सम्पन्न भइसकेको र अस्पाल्ट कालोपत्रको काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०÷८१ मा रु नौ करोड बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.