चितवन । भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज सोमबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । अनुगमनका सयोजक तथा महानगर उप प्रमुख चित्रसेन अधिकारीले तिहारमा बढी खपत हुने मिठाई, बिधुतीय सामान,भाडाकुडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरिएको जानकारी दिनु भयो ।
“तिहारको मुखमा कुनै पनि उपभोक्ता नक्कली र अखाद्य बस्तु खरिदमा नठगिउन भन्ने हेतुले हामीले अनुगमनलाइ कडाइका साथ लागू गरेका हौ”उहाँले भन्नुभयो, महानगरको यो अनुगमन तिहार तथा छठ पर्व सम्म यथावत रुपमा कायम रहनेछ । सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । तिहारलक्षित बजार अनुगमनको आज पहिलो दिन भएको हुँदा सरसफाइमा ध्यान दिन,सावधानी अपनाउन,कालोबजारी नगर्न,र उपभोक्ताहरुलाइ जथाभावी रुपमा नक्कली सामान नबेच्न पनि समितिले ब्यबसायीहरुसग अनुरोध गरेको छ ।
केही मिठाइ पसलहरुलाइ भने सरसफाइ गरेर मात्रै पसल सन्चालन गर्न समितिले निर्देशन समेत दिएको छ । यदि महानगरको अनुरोधलाई आनाकानी गरेमा वा आफुखुसी बस्तु बिक्रीवितरण गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि समितिले जनाएको छ । त्यस्तै अनुगमन टोलिले नारायणगढ क्षेत्रमा रहेका केही एग्रोभेटहरुमा पनि छड्के अनुगमन गरेको छ । अनुगमनमा एग्रो र भेट एकै स्थानमा राखेको,बिषादीलाई जथाभावी रुपमा राखिएको, म्याद गुज्रेका एग्रो र भेटका सामाग्रीहरु पनि एकै ठाउँमा राखिएको भेटिएको छ ।
यस्तो अनुगमन नयाँ नभएर बिगत कै निरन्तरता भएको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । । स्वयं उपभोक्ता सचेत नभए सम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् । भरतपुर महानगरपालिकाले गर्दै आइरहेको नियमित दैनिक स्वच्छ बजार अनुगमनले ब्यबसायी र उपभोक्ता दुबैलाइ प्रत्यक्ष रुपमा फाइदा पुगेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका खाद्य निरीक्षक बन्दना पन्तले जानकारी दिनुभयो ।
“ब्यबसायीहरु सचेत र सजग भएका छन् भने उपभोक्ताहरु पनि कस्तो सामान प्रयोग गर्ने,उत्पादन मिति र समाप्ति मिति,खान योग्य/ अयोग्य लगाएतका थुप्रै बिषय बस्तुहरुसग जानकार भएका छन्”यसलाइ महानगरको महत्त्वपूर्ण उपलब्धि र ठुलो सम्पत्तिको रुपमा लिनु पर्दछ, पन्तले भन्नुभयो । अनुगमनका क्रममा नारायणगढमा भेटिएका अनमोल सत्यालले महानगरले गर्दै आएको दैनिक नियमित बजार अनुगमनले आफू जस्ता सयौं उपभोक्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पुगेको बताए ।
म अहिले ४५ बर्षको भए,आज सम्म महानगरको बजार अनुगमनको बारेमा सुनेको मात्रै थिए तर आज प्रत्यक्ष रुपमै सहभागी हुने र सिक्ने अवसर पाए सत्यालले भने” ४५ बर्षको उमेरमा मेरो आखा खोल्ने काम महानगरले गरेको छ, यसको लागि उप प्रमुख एवं सयोजक चित्रसेन अधिकारी सहितको समिति र महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु । अनुगमनमा समितिका सदस्य गोपाल दराइ, वडा न ३ का अध्यक्ष बिकास थापा,सदस्य माधब अर्याल,पशु चिकित्सक तथा मत्स्य बिज्ञहरु, पत्रकार, नगर प्रहरी लगाएतको उपस्थिति रहेको थियोे ।








