हेटौँडा। हेटौँडामा कुलमान घिसिङको पुन:नियुक्त र डाक्टर गोविन्द केसीको मागको समर्थनमा प्रदर्शन गरिएको छ।हेटौँडा-४ बुद्ध चोकमा हाम्रो नेपाल,हामी नेपाली भ्रष्टाचार विरुद्धको अभियान बागमती प्रदेश मकवानपुरले शनिबार दिउँसो प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेको हो। बुद्ध चोकमा भेला भएकाहरुले’स्वास्थ्य र शिक्षा निशुल्क गर,डाक्टर केसीको माग पुरा गर ,कुलमान घिसिङको पुन:नियुक्त गर’ जस्ता नारा ,ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।








