• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

क्यान्सर अस्पतालमा जडान गरिएको पानीको फिल्टर प्लान्ट हस्तान्तरण

  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जडान गरिएको पिउने पानी फिल्टर प्लान्ट हस्तान्तरण गरिएको छ । अस्पतालको नयाँ भवनमा निर्माण गरिएको पिउने पानी फिल्टर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा अस्पतालको अपरेसन थिएटनसँगै पिउने पानी फिल्टर प्लान्ट जडान गरेका हुन् ।

    आज अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब ३२५ आरका डिष्ट्रिक्ट गभर्नर आर एस महतो र सहकारीका अध्यक्ष बालगोपाल चुकेले अस्पतालका नायब निर्देशक डा उमेश नेपाललाई प्लान्ट हस्तान्तरण गर्नुभएको हो । बिरामी र बिरामीका कुरुवाका लागि शुद्ध पिउने पानीको अभाव भएको अस्पतालले गुनासो गरेपछि आफूहरुले फिल्टर प्लान्ट जडान गरिदिएको अध्यक्ष चुकेले बताउनुभयो । बिरामी र उनीहरुको कुरुवाका लागि तातो र चिसो पानी पिउन मिल्ने गरी दुई वटा फिल्टर प्लान्ट जडान गरेर हस्तान्तरण गरिएको चुकेको भनाइ छ ।

    लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शंकर आचार्यले एक लाख ७५ हजार रुपैयाँको लागतमा अटोमेटिक वाटर फिल्टर जडान गरिएको बताउनुभयो । उहाँकाअनुसार तातो पानी आउने फिल्टर ५० लिटर क्षमताको र चिसो पानी आउने फिल्टर १० लिटर क्षमताको रहेको छ । तातो र चिसो पानीको तापक्रम आवश्यकताअनुसार धेरै र थोरै बनाउन मिल्ने अध्यक्ष आचार्यको भनाइ छ । कार्यक्रममा लायन्स क्लब ३२५ आर का डिष्ट्रिक्ट गभर्नर महतोले अस्पतालमा लायन्स क्लबले निरन्तर सहयोग गर्ने अवसर पाएकोमा अस्पतालाई धन्यवाद दिनुभयो ।

    लायन्स क्लबले अस्पतालमा निकट भविष्यमा ठूलो प्रोजेक्टर लिएर आउने तयारी गरेको समेत उहाँको भनाइ छ । अशुद्ध पानीका कारण मानिसको स्वास्थ्यमा विभिन्न खालका रोग लाग्ने गरेको भन्दै महतोले अस्पतालमा उपलब्ध गराइएको शुद्ध पिउने पानीबाट दीर्घकालसम्म अस्पतालमा बिरामी र बिरामी कुरुवा लाभान्वित हुने बताउनुभयो ।

    कार्यक्रममा अस्पतालका नायब निर्देशक डा नेपालले अस्पतालमा लायन्स क्लबले विभिन्न सयमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । बिरामीहरु पानी पिउनका लागि माथिल्लो तलाबाट भवन बाहिर जानुपर्ने अवस्था रहेकोमा पानीको फिल्टर जडान भएपछि बिरामीका आफन्तलाई सहज भएको डा नेपालले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.