चितवन । भरतपुर महानगर वडा नं. २३ को दराई टोलमा हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरिएको छ । वागमती प्रदेश सांसद् ज्ञानजङ्ग लामासहितको टोलीले हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरेको हो । गए बुधबार राति भरतपुर २३ राती खड्गौली दराई टोलमा ध्रुबे हात्तीले दुई घर भत्काउनुका साथै अन्नबालीमा क्षती गरेको थियो ।
हात्तीले घर भत्काएका परिवारलाई तत्कालको लागि सासंद लामा संरक्षक रहेको राफे फाउन्डेसन नेपालको सहकार्यमा एक वर्ष पुग्ने धान सहयोग गरिएको राफे नेपालका अध्यक्ष मनोज पुडासैनीले जानकारी दिए । यस क्षेत्रमा पहिलो पटक हात्ती आतंक देखिएको स्थानियले बताए । ध्रुबे हात्तीले माडी क्षेत्रमा पनि दैनिक दुःख दिदै आएको छ ।
सो अवसरमा बोल्दै सासंद लामाले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा बर्सेनी हात्तीले दुख दिइरहेको भन्दै स्थायी समाधानको लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए । उनले चितवन निकुञ्जलाई खबर गरि थप आवश्यक क्षतिपूर्तिको लागि पहल गरेको जानकारी गराए । क्रमश थप सहयोग गर्ने पनि बताए । उनले तिहारसगैँ आफुहरुले प्रदान गरेको सहयोगले केहि राहत मिल्ने भन्दै मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि वागमति प्रदेश सरकारले कंक्रिट वाल लगाउने अभियान तीव्र पारेको जानकारी दिए ।
छिटै भरतपुर २३ क्षेत्रमा कंक्रिट वाल निर्माण गर्ने दावी पनि गरे । सोही अवसरमा हात्ती आतंकबाट पिडित काली दराईले पिडाको यो समयमा सबैले सहयोग गर्न अपिल गर्दै सहयोग गर्ने सांसद टिकलाई धन्यवाद दिईन् । जंगली जनावरले मानव वस्तीमा पुर्याएको क्षति लाई न्यूनीकरण गर्न माग उनको छोरी यमकुमारी दराईले माग गरिन् ।
यसअघि सासदं लामाले भरतपुर २७ वेथरी खोला नजिक रहेको सिसौघारी मुहसहर वस्तीमा पहिलो चरणमा चारवटा खानेपानीको धारा जडान र १२ वटा पक्की शौचालय निर्माण गरेका थिए ।








