काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पुर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक-दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








