• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा यहाँका प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका थिए । पर्वका अवसरमा धार्मिक पर्यटकीयस्थलसँगै प्राकृतिक सौन्दर्यस्थलमा पनि पर्यटकको उस्तै घुइँचो थियो ।

    दसैँदेखि छठसम्म जिल्ला र वरपरका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका थिए । मनकामना दर्शनका लागि गत शुक्रबार साँझ मन्दिर पुगेका धेरैले सुत्ने कोठा पाएनन् । मन्दिरको दर्शनका लागि पुग्नुभएका पत्रकार प्रकाशमणि ज्ञवालीका अनुसार मन्दिरका पेटी, होटलका वरण्डामा समेत कतिपयले रात बिताउनुपरेको थियो । होटल सञ्चालकले आफूले प्रयोग गर्ने कोठा पनि पाहुनालाई दिएको उहाँको भनाइ थियो । ज्ञवालीले त्यसरात मन्दिर क्षेत्रमा दुई हजारभन्दा बढी मानिसले मन्दिरका पेटी, होटलका वरण्डामा दुःखसुख गरेर रात बिताएका बताउनुभयो ।

    गत शनिबार १० हजार ५२ जनाले केबलकार यात्रा गरेका मनकामना दर्शन प्रालिका नायक महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म केबलकार चलाउनुपरेको थियो । यसका अतिरिक्त गाडी, मोटरसाइकल र पैदल यात्रा गरेर पनि मनकामना दर्शनका लागि पर्यटक मन्दिर पुगेका उहाँको भनाइ थियो ।

    “केबलकार सुरु भए यताकै यो सङ्ख्या धेरैमध्येको एक पर्दछ । यसअघि गत वैशाख १ गते केबलकार चढ्नेको सङ्ख्या १० हजार नाघेको थियो”, शेरचनले भन्नुभयो, “केबलकार यात्रा गर्ने धेरै भारतीय हुने भए पनि गत शनिबारको सङ्ख्यामा तीन सय ९१ भारतीय थिए, बाँकी सबै नेपाली थिए ।”

    चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा पनि तिहारको समयमा पर्यटकले कोठा पाउन नसकेका क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताउनुभयो । उहाँका अनुसार गत बिहीबार र शुक्रबार कोठा पाउन नसकेर कतिपय आन्तरिक पर्यटक फर्किनुपरेको थियो । हात्ती, डुङ्गा र जीप चढ्नका लागि दसैँयतादेखि धेरैले समय नपाएका थपलियाको भनाइ थियो । निकुञ्ज प्रवेशका लागि टिकट लिन बिहान ४ बजेदेखि लाइन बस्नुपरेको उहाँले बताउनुभयो ।

    “निकुञ्जले त्यहाँ दुई जना कर्मचारी मात्रै राख्दा पर्यटकलाई प्रवेश टिकट लिन घण्टौँ लाइन बस्नुपर्ने अवस्था बन्यो”, थपलियाले भन्नुभयो, “चाडपर्वमा सात वर्ष यताको सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका छन् । चाडपर्वमा आएका धेरै पर्यटक आन्तरिक छन् ।” उहाँका अनुसार ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन् । यससँगै व्यवसायीमा उत्साह थपिएको उहाँले बताउनुभयो ।

    पश्चिम चितवनको पटिहानी र जगतपुर क्षेत्रका होटल पर्यटकले भरिएका छन् । होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलका अनुसार अक्टोबरयता पर्यटक आगमन राम्रो छ । उहाँका अनुसार त्यसमा पनि चाडपर्वका समयमा आन्तरिक पर्यटक बढ्ने भएकाले होटल भरिने गरेका छन् ।

    चाडपर्वसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् । केबलकार सञ्चालनमा आएपछि मन्दिर दर्शनका लागि आउनेको सङ्ख्या विगतकोभन्दा बढेको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिग्राम सापकोटाले बताउनुभयो । उहाँका अनुसार दसैँको समयमा दैनिक चार हजार भक्तजन मन्दिर पुगेका थिए । तिहारमा यो सङ्ख्या तीन हजार हाराहारी थियो । यो सङ्ख्या विगतको तुलनामा २५ प्रतिशत बढी भएको सापकोटाले जानकारी दिनुभयो ।

    मौलाकाली केबलकार प्रालिका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार केबलकार सञ्चालनमा आएसँगै भक्तजनको सङ्ख्या बढेको हो । उहाँका अनुसार ज्येष्ठ र अशक्तसमेत केबलकार चढेर सहजरुपमा मन्दिर जाने गरेका छन् । दिउँसोको समयमा मन्दिर पुग्नेहरु अधिकांश केबलकारबाटै जाने गरेका पौडेलले बताउनुभयो । अरुबेलाको तुलनामा चाडपर्वको समयमा यात्रु निकै बढेको उहाँको भनाइ थियो ।

    चाडपर्वको समयमा लाग्ने मेला, जात्राले पनि पर्यटकीय चहलपहल बढाएको छ । नारायणी नदी किनारमा आइतबार छठ पर्वका लागि हजारौँको सङ्ख्यामा भक्तजनसँगै पूजा हेर्नेहरुको भिड लागेको थियो । तराई सामुदायिक सेवा समितिका सल्लाहकार राजकुमार गुप्ताले ३० हजारभन्दा बढीले छठ पर्व मनाउनुका साथै अवलोकन गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजारले पूजा गरे भने ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।”

    नारायणी नदी किनार व्यवस्थित बनेपछि छठको पूजा गर्ने र हेर्नेको घुइँचो लागेको थियो । छठका लागि नदी किनारलाई व्यवस्थित गरिएको जनाउँदै नदी किनार व्यवस्थित भएसँगै छठ मनाउन आउनेको सङ्ख्या निकै बढेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । आफूसमेत शुभकामना दिन आइतबार साँझ नदी किनार पुगेको भन्दै उहाँले नदी किनारको रौनकता यसअघिका वर्षमा भन्दा यस वर्ष बढेको बताउनुभयो ।

    विगत तीन वर्षअघिसम्म छठ पर्वमा सामान्य मानिस आउने गरेकामा व्यवस्थित भएसँगै सङ्ख्या निकै बढेको दाहालको भनाइ थियो । पर्यटक प्रवद्र्धनमा यस्ता कार्यक्रम सहयोगी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छठ पर्व हेर्न जाँदै गर्दा निकै रौनकता पाएँ । यस्ता परम्परागत चाडपर्वको प्रवद्र्धन गरेर पर्यटनसँग जोड्नुपर्छ ।”

    चाडपर्व सुरु भएसँगै चौकीडाँडा, उपरदाङगढी, गोलाघाट, बीसहजार ताल, देवघाट, गणेशधामलगायतका यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । मुख्यरुपमा बिदाको दिनमा पारिवारिकरुपमा घुम्न जानेको सङ्ख्या बढी हुने पर्यटन व्यवसायीको भनाइ छ । नारायण अधिकारी/रासस

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.