काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।








