• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

अक्सफोर्ड कलेजमा हल्ट प्राइज कार्यक्रम

  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपु । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ म्यानेजमेन्टले हल्ट प्राइज कार्यक्रम गरेको छ । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा रहेको हल्ट प्राइजमा भाग लिन कलेजबाट सहभागी हुने विद्यार्थी छनौट गर्न कलेजले हल्ट प्राइज कार्यक्रमको आयोजना गरेको हो । आज आयोजित कार्यक्रममा सहभागी पाँचवटा समूहमध्ये कलेजको बिसिएमा अध्ययनरत विद्यार्थीको ‘मेटा अक्स’ समूह छनौट भएको छ । यस समूहले सेन्ट्रल एण्ड साउथ एसियामा सहभागिता जनाउन पाउनेछ ।

    यस प्रतिस्पर्धाबाट विजेता हुने समूहले ग्लोबल प्रतिस्पर्धामा भाग लिन पाउने र त्यहाँबाट छनौट भएमा फाइनल प्रतिस्पर्धामा भाग लिन पाउने कलेजको हल्ट प्राइज कार्यक्रम निर्देशक एवं कार्यक्रमकी अध्यक्ष समृद्धि मरासेनीले जानकारी दिनुभयो । हल्ट प्राइजको अन्तर्राष्ट्रिय विजेताले एक लाख अमेरिकी डलर पुरस्कार पाउने उहाँले बताउनुभयो । हल्ट प्राइज कार्यक्रममा दिगो विकास सम्बन्धी विभिन्न १७ वटा विधामा विद्यार्थीहरुले आफ्नो व्यवसायिक प्रस्तावना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ ।

    व्यवसायिक सँगै सामाजिकरुपमा समेत फाइदा पु¥याउने प्रस्तावनालाई हल्ट प्राइज प्रदान गरिँदै आएको छ । आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले नेपालको अहिलेको समस्या भनेको भ्रष्टाचार र बौद्धिक पलायत भएको बताउनुभयो । नेपालबाट विदेशीने युवाहरुको क्रमलाई रोक्न सकेमा देशको विकास हुने उहाँको भनाइ छ । हल्ट प्राइजमा छनौट हुने विद्यार्थीको समूहले आफ्नो व्यवसायिक प्रस्तावनासँगै स्थानीय विषयलाई समेत समावेश गर्न उहाँले सुझाव दिनुभयो ।

    अक्सफोर्ड कलेजले इलेक्ट्रिकल इन्जिनीयरिङ उत्तीर्ण गरेका विद्यार्थीलाई जापानमा इलेक्ट्रिकल इन्जिनीयरको रुपमा पठाउनका लागि कम्पनीका प्रतिनिधिबाटै भोलि सोमबार कलेजमा अन्तरवार्ता लिइने उहाँले बताउनुभयो । अन्तरवार्ताबाट छनौट भएका उम्मेदवार कम्पनीमा छ महिनासम्म इन्टर्न गर्नुपर्ने र त्यसपछि आईटी इन्जिनीयरको रुपमा नियुक्ति पाएर काम सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले केही दिन अघि जापानको कम्पनीमा नेपालबाट इन्जिनीयर पठाउने विषयमा सम्झौता गरेर आएको भण्डारीको भनाइ छ ।

    सो कार्यक्रममा कलेजका प्राध्यापक एवं मोटिभेसनल स्पिकर कृष्णहरि पौडेलले हल्ट प्राइजका लागि एउटै विषय दिने गरेकोमा हाल दिगो विकासका विषयमा १७ वटा विषय दिएको बताउनुभयो । प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीले भविष्यमा आफूलाई देख्न चाहेको स्थान पुग्नका लागि व्यवसायिक प्रस्तावना बनाएर त्यसको प्रस्तुतीकरण गर्नुपर्ने बताउनुभयो । काम र मेहनतले भन्दा पनि मानिसलाई नवीन सोच र विचारले सफल बनाउने उहाँको भनाइ छ ।

    कार्यक्रमको निर्णायकको रुपमा एडभान्स टेक इन्डष्ट्रि प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर सुनीलकुमार यादव, इको विल्डर्स नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अणनाथ भण्डारी एवं चार्टर्ड एकाउन्ट महासंघ नेपाल बागमती प्रदेशका प्रमुख तथा युवा उद्यमी मञ्च चितवनका द्वितीय उपाध्यक्ष निशान पौडेल रहनुभएको थियो । समृद्धि मरासेनीको अध्यक्षतामा भएको कार्यक्रममा समृद्ध मरासेनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.