चितवन । भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । त्यसैगरी चिकित्सालयमा अझै ५८ जनाले उपचार गराइरहेका छन् । गत भदौं १५ गते देखि चिकित्सालयमा कोरोना संक्रमितको उपचारको काम सुरु भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले चिकित्सालायमा आएका १०० प्रतिशत बिरामी निको भएकोे बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कोरोनाको लक्षणसहित आएका बिरामीहरु कसैलाई पनि अस्पताल लैजानु पर्ने आवश्यकता परेको छैन । सुरुसुरुमा क्षयरोगका केही बिरामीलाई रोग सर्ने डरले अस्पताल लैजानु परेको थियो । अहिले जस्तोसुकै लक्षण देखिए पनि हामीले ठीक पारेका छौं ।’ चिकित्सालयमा बिरामीको उपचारमा १८ जना स्वास्थ्यकर्मीको टोली र सुरक्षाकर्मीको टोली १५ जना खटिएका छन् ।








