• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवनका शम्भु सुवेदीले फलाए एक केजी ६४ ग्रामको ड्रागन,एक बर्षमा २० लाखको कारोबार

  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताउनुभयो ।

    आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्काे फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पु¥याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।”

    सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीन वर्ष यतादेखि ड्रागन फलको खेती गर्दै आउनुभएको छ । यस वर्षका हालसम्म रू आठ लाख बराबरको बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । फल फल्नेक्रम जारी रहेको भन्दै उहाँले यस वर्ष फल र बिरुवा गरेर रू २० लाखको बिक्री गर्ने योजना रहेको बताउनुभयो ।

    ”यस वर्ष रू सात÷आठ लाखको बिरुवा पनि बिक्री गर्ने योजनामा छु ।” भाँचिएका हाँगासमेत उपयोग गरेर बिरुवा तयार गर्न सकिन्छ”, सुवेदीले भन्नुभयो, “मेहनत ग¥यो भने एक वर्षमा एक हेक्टर जमिनमा रू २० लाखको ड्रागन बेच्न सकिन्छ । यसबाट रू आठ लाख हाराहारी बचत हुन्छ ।” गत वर्ष रू १६ लाखको ड्रागन फल र बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

    पहिलो वर्ष पाँच/छ महिनापछि नै उत्पादन लिन थालेको बताउँदै सुवेदीले अहिले ड्रागन लगाएको ठाउँमा सयपत्री फूल, बदाम, भटमाससमेत लगाएको बताउनुभयो । “यसै महिनादेखि जिरा पनि लगाउँदै छु । नेपालमा बर्सेनि रू २७ अर्बको जिरा आयात हुन्छ”, उहाँले भन्नुभयो ।

    सुवेदीले फार्ममा उत्पादन भएको ड्रागनलाई प्रतिकिलो रू चार सयदेखि छ सयसम्ममा आकारका आधारमा बिक्री गर्दै आउनुभएको छ । व्यावसायिकरुपमा काम गर्न सरकारी अनुदान प्राप्त भएको सुवेदीले बताउनुभयो । झण्डै रू ६० लाख लगानी गरेको जनाउँदै उहाँले रू १५ लाख अनुदान पाएको बताउनुभयो । योसँगै रू छ लाख बराबरको सरकारी निकायबाट बोरिङ राखिएको उहाँको भनाइ थियो ।

    आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताउनुभएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ । बिरुवा उत्पादनदेखि बिक्रीसम्म उहाँले गरिरहनुभएको छ । रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उहाँले व्यावसायिक कृषि गरेर यही सम्भव छ भन्ने देखाउनुभएको छ ।

    सुवेदीले मलेसियाबाट एक हजार, भियतनामबाट दुई हजार र भारतको राजस्थानबाट दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती सुरु गरेको जानकारी दिनुभयो । विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिमजस्ता मानव जीवनमा आवश्यक प्रशोधित सामग्रीको उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले यस खेतीमा एकपटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताउनुभयो ।

    वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेषगरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरालगायतका सहरमा पुग्ने गरेको छ । सुवेदीले उद्योग सङ्घको शनिबारे हाटबजार र फार्मबाटै बिक्री गर्दै आउनुभएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.