• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

भरतपुरमा भेटिएका दुई शवको अझै हुन सकेन पहिचान

  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटकाे बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुनसकेको छैन । केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन ।

    ‘मेरो मानिस हरायो भनेर अहिलेसम्म हुलियासँग मिल्दोजुल्दो कोही आएका छैनन्, घटना निकै रहस्य बन्दै गयो, हत्याको प्रकृति हेर्दा निकै गम्भीर देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न सकिएन ।’ प्रहरीले मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको छ । अब केही दिनसम्म कुनै सूचना नआए स्केच सार्वजनिक गर्ने तयारी गरेको छ । घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

    यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ । ‘कतै बसेको आफन्त लामो समयसम्म सम्पर्कमा छैनन् भने एकपटक सम्पर्क गर्न र अवस्थाका बारेमा जानकारी लिन हामीले सार्वजनिक रुपमा अपिल गरेका छौं’, ती अनुसन्धान अधिकृत भन्छन्, ‘आफ्ना आफन्त कतै छन् र सम्पर्क नभएको धेरै भएको छ भने एकपटक अवस्थाको बारेमा अपडेट लिन अनुरोध गर्छौं, अनुसन्धानमा सहयोग गर्नु नागरिकको दायित्व पनि हो ।

    एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ । त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको ब्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्छन्, उसले सबैभन्दा सुरक्षित ठाउँ यसलाई ठानेर नै ल्याएको देखिन्छ ।’ नजिकै रहेको सुकुम्वासी बस्तीका कसैले पनि शव ल्याएर फालेको बारेमा सूचना दिन नसकेको प्रहरी अधिकारीको भनाइ छ । वीरगञ्ज तथा कपिलवस्तुतिरबाट चितवन आएका ठूला सवारी साधनहरुको निगरानीसमेत गरिरहेको प्रहरी अधिकृतहरु बताउँछन् । कल्भर्ट नजिकै सुकुम्बासी बस्ती छ ।

    खोलामा माछा मार्न गएका ब्यक्तिले केही दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा कसैले अन्यत्रै हत्या गरेर त्यहाँ ल्याएर फालेको हुनसक्ने देखिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाए । पोष्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुनसक्छ । पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको छ, जिउमा भित्री वस्त्रमात्र छ भने महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको टाउजर छ । महिलाको हातमा एस लेखिएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.