• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो ।

    रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गर्नुभयो । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उहाँले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो ।

    “दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद पाइनँ”, रेग्मीले भन्नुभयो, “त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।”

    एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाउनुभयो । “चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।”, उहाँले भन्नुभयो ।”

    दश बोट सुन्तलाबाट पन्ध्र सय

    विसं २०७५ मा १० बोट सुन्तला लगाउनुभएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उहाँले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाउनुभयो ।

    “सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।” अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एक सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उहाँको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताउनुभयो ।

    आम्दानी लिन सुरु

    रेग्मीले फार्ममा लगाउनुभएको फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । “गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला”, उहाँले भन्नुभयो, “अझै केही फलफूल टिप्न बाँकी छन्”, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भन्नुभयो, “अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।”

    यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उहाँले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताउनुभयो । “अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

    फलफूल खेतीको क्षेत्रफल विस्तार

    रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गर्नुभएको फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गर्नुभएको छ । उहाँले सुरुमा रु ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताउनुभयो । जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उहाँले भन्नुभयो, “जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन । खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो ।”

    सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताउनुभयो । “बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ”, उहाँले भन्नुभयो । उहाँले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाउनुभयो ।

    पछि थप गरेको जग्गा रु ८० हजारदेखि रु तीन लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उहाँले फलफूल खेतीबाट सन्तुष्ट भएको बताउनुभयो । “फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ”, उहाँले भन्नुभयो, “फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ ।”

    गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँच सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तान्नुभएको छ । “जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु”, उहाँले भन्नुभयो, “लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।” सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उहाँको भनाइ छ ।

    रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाउनुभएको छ । उहाँलाई सुन्तला जोनबाट लिफ्टिङका लागि रु चार लाख १५ हजार प्राप्त भएको बताउनुभयो । त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न रु दुई लाख अनुदान पाएको उहाँले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा रु दुई लाख ५० हजार पाएको बताउनुभयो । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उहाँको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताउनुभयो । टेकराज पोखरेल/रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.