गैँडाकोट । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्य मनोनित भएका छन् । आज महोत्तरीमा सम्पन्न पार्टीको बैठकले उनलाई केन्द्रिय सदस्य मनोनित गरेको सभापति रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गौतम सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय थिए ।
उनले चितवन क्षेत्र नम्वर २ मा सभापति रवि लामिछानेलाई बिजयी बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए । रास्वपा प्रवेश गरेका गौतमलाई भरतपुर महानगरपालिकाको भावी मेयरको रुपमा समेत हेरिएको छ । केन्द्रीय सदस्यहरु मध्येबाटै महानगरपालिकाको मेयर बनाउने निति अनुरुप गौतमलाई रास्वपाको केन्द्रीय सदस्यमा मनोनित गरिएको स्रोतले बताएको छ ।
नेपाली काँग्रेसको युवापुस्ता माझ लोकप्रिय बनेका व्यवसायी गौतम एकाएक रास्वपाको केन्द्रीय सदस्यमा मनोनित भएपछि काँग्रेस भित्र भूकम्प गएको छ भने अन्य राजनैतिक दलका जिल्ला स्तरको नेतृत्वमा समेत कानेखुसी सुरु भएको छ ।








