• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवन र तनहुँ जिल्ला जोड्ने पुल निर्माण अलपत्र

  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन र तनहुँ जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो ।

    पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ भएको उक्त पुल ढलान भइसकेर पनि पहुँचमार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ । एक दशकअघिदेखि निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । पुलको पहुँचमार्ग तयार नहुँदा पैदल हिँडडुल गर्नबाहेक सवारीसाधन गुडाउन मिल्दैन । घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टङ्कनाथ पौडेलले उक्त पुल निर्माण नसके कानुनी बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भरतपुरतर्फको भागमा ठूलो खाल्डो रहेकाले कुनै पनि समयमा दुर्घटना हुन सक्छ । मान्छे हिँड्दा खस्नसक्ने जोखिम उत्तिकै छ । एक साताभित्र उक्त खाल्डो पुरेर सहज नबनाए सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीसमक्ष जान्छौँ ।” उक्त पुललाई आगामी माघेसङ्क्रान्तिमा उद्घाटन गर्ने आफूहरुको योजना रहेको भन्दै पौडेलले त्यसअघि नै पुलमा यातायात सञ्चालन गर्ने गरी काम सम्पन्न गराउन ध्यानाकर्षण गराइएको बताउनुभयो । पुलको उपभोक्ता समितिको बुधबार बैठक बसेर पुल शीघ्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उहाँको भनाइ छ ।

    तनहुँको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जतिसक्दो चाँडो पुलको आवश्यक संरचना तयार हुनुपर्ने बताउनुभयो । पुल निर्माणका लागि विसं २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि पटकपटक म्याद थप भएको थियो । अन्तिम पटकका लागि विसं २०७८ असार १२ सम्म म्याद थप भएको थियो । त्यस अवधिमा पनि पुलको काम सम्पन्न हुन सकेको छैन ।

    पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माणका क्रममा दुई पटक उक्त पुल भत्किएको थियो । त्यसक्रममा तीन जना मजदुरले ज्यान गुमाएका थिए । पहिलो पटक विसं २०७७ चैत २४ गते पुल भत्किँदा मानवीय क्षति भएको थिएन । दोस्रो पटक विसं २०७८ वैशाख १२ गते पुल भत्किँदा काम गरिरहेका तीन जना मजदुरको नदीमा डुबेर मृत्यु भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.