• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल (पार्वती) नेतृत्वको टोलीले जिल्लामा छलफल गर्दै निकुञ्ज ऐन संशोधनका लागि सरकारलाई सुझाव दिने जनाएको छ । सभापति रावलले सरकारले राष्ट्रिय निकुञ्ज ऐनलाई संशोधन नगरी नियमावलीमात्रै संशोधन गरेकाले यस क्षेत्रका जनताको रायसहित सरकारलाई ऐन संशोधनका लागि सुझाव दिइने बताउनुभयो ।

    “पुराना ऐनलाई समयसापेक्ष, नयाँ व्यवस्था अनुकूल तथा सङ्घीयता अनुकूल बनाउन हामीहरूले जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “सरकारले ऐन संशोधनको विधेयक नल्याए समितिले निजी विधेयकका रूपमा भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधनको काम अगाडि बढाउँछ ।” मर्यादा सम्बन्धमा राष्ट्रियसभाले निजी विधेयक ल्याएको उल्लेख गर्दै सभापति रावलले मर्यादासहित राष्ट्रिय गान, सलामीको विषय समेटेपछि मात्रै सरकारले चासो देखाएको बताउनुभयो । मुलुकमा जारी हुने कानुन अनुसन्धानमा आधारित हुनुपर्ने जनाउँदै उहाँले सङ्घीय सांसदले बनाएको तीन सय ४८ ऐन मुलुकमा जारी रहेको बताउनुभयो ।

    “कति कानुन कार्यान्वयन गरे पनि हुने नगरे पनि हुने खालका भएका कारण कानुन दोहोरो परिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनको विपरीत गएर नियमावली बन्ने यस्तो खालको अव्यवस्थित पद्धतिलाई व्यवस्थित गर्ने हिसाबले पनि राष्ट्रियसभाले राष्ट्रिय सरोकारका विषयमा जनताको राय बुझ्न लागेको हो ।” राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसम्बन्धी कानुन दोहोरो भएको जनाउँदै उहाँले त्यस्ता कानुनका विषयमा पनि राष्ट्रियसभाले चासो दिएर सरकारलाई ऐन संशोधन गर्न दबाब दिइने बताउनुभयो । सङ्घीय सरकारले जारी गरेको ऐनको परीक्षण गर्नुपर्ने जनाउँदै उहाँले कानुन मुलुकको हितका लागि जनताको हितका लागि हुनुपर्नेमा जोड दिनुभयो ।

    “कानुन सरल हुनुपर्छ, जनतालाई राहत कसरी दिन सकिन्छ भन्ने खालको हुनुपर्छ, अझ भन्दा कानुन कार्यान्वयनयोग्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पाँच वर्षमा राष्ट्रियसभाले झण्डै ८० प्रतिशत बढी कानुन नयाँ संशोधन गराएको छ ।” बनेका ऐनलाई कार्यान्वयन गराउने र कार्यान्वयन हुन नसकेका ऐनलाई संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । नवलपुरको कावासोती–१५ स्थित अमलटारीमा राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले नवलपुरका स्थानीय तहका जनप्रतिनिधि, निकुञ्जका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राजनीतिक दल, पर्यटन व्यवसायी, संरक्षणकर्मी, सामुदायिक वन समितिका प्रतिनिधिसँग छलफल तथा राय सुझाव सङ्कलन गरेको हो ।

    छलफलमा सहभागी अधिकांशले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ का कारण नवलपुरको विकास निर्माणको गति रोकिनुका साथै यहाँका बासिन्दाको जनजीविकामा ठूलो समस्या उत्पन्न भएको बताए । राष्ट्रिय निकुञ्ज ऐन, २०२९ सहित मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली साथै विभेदकारी कानुनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख भोग्दै आएका स्थानीयको गुनासो छ । कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले मध्यवर्ती क्षेत्रसँग जोडेर निर्माण गरिएका विभिन्न कानुनी अवरोधका कारण स्थानीयले मध्यवर्ती हटाउन आवाज उठाएका बताउनुभयो ।

    निकुञ्ज ऐन र मध्यवर्ती क्षेत्रको नियमावलीलाई संशोधन गरेर संरक्षण र जनतामैत्री बनाउनुपर्ने कुरामा जोड दिँदै उहाँले क्षतिपूर्तिसम्बन्धी कानुन विभेदकारी भएको बताउनुभयो । नारायणी नदीले नवलपुरतर्फको जमिन कटान गर्दै धार परिवर्तन गर्दा निकुञ्जको सिमाना मानिएको नारायणी नदी नवलपुरतर्फ बग्न लागेपछि जनताको लालपुर्जा भएको जग्गामा पनि निकुञ्जले दाबी गर्दा धेरै जनताको उठिबास भए पनि जनताले राहत र क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो । देवचुली नगरपालिका हरिप्रसाद न्यौपानेले स्थानीयको सहयोगले संरक्षण भएको निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी समस्यामा परेकाले जनताले मध्यवर्ती क्षेत्र खारेजीको मुद्दा उठाएका बताउनुभयो ।

    उहाँले भन्नुभयो “मध्यवर्ती क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा बस्तीभन्दा खोला माथि आउन लागेका कारण मध्यवर्ती क्षेत्रप्रति वितृष्णा बढेको छ । नदीजन्य पदार्थको उत्खननको जिम्मा स्थानीय सरकारलाई दिन सकेमा मध्यवर्ती क्षेत्र र संरक्षणमा स्थानीय जागरुक हुनेछन् ।” गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले मध्यवर्तीका कारण जनताले दुःख पाएको र विकास निर्माणमा अवरोध आएका कारण गैँडाकोटलाई मध्यवर्ती क्षेत्रबाट हटाइदिन आग्रह गर्नुभयो ।

    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले निकुञ्जको ऐन र नियमावली संशोधनका विषयमा पटक–पटक छलफल भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन भएर संरक्षणसँगै विकासमैत्री पनि आउने कुरामा आशावादी रहेको बताउनुभयो ।

    नयाँ ऐन र नियमावली आउँदा नदीजन्य पदार्थको दोहोरो मापदण्ड हटाएर निकुञ्जको समन्वयमा जिम्मा स्थानीय तहलाई दिनुपर्ने तथा राजस्व बाँडफाँटको व्यवस्था ऐनमा नै हुनुपर्ने विषयमा उहाँले जोड दिनुभयो । संरक्षणकर्मी एवं होमस्टे महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशङ्कर मर्दनियाले स्थानीय जनता रक्षक बन्दा निकुञ्जले पटक–पटक शून्य चोरी सिकार वर्ष मनाउन सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जनतालाई सँगै लिएर हिँड्न सकिएन भने अबको केही वर्षमा निकुञ्जको अस्तित्व नै सङ्कटमा पर्नेसक्छ ।”

    वन्यजन्तुलाई पर्यटनसँग जोड्न सकेमा पनि मध्यवर्तीप्रति स्थानीयको भरोसा बढ्दै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा भूमिका खेल्ने उहाँले बताउनुभयो । छलफलमा सहभागीले मध्यवर्ती क्षेत्रका कारण स्थानीयस्तरमा पेसा व्यवसाय गर्न समस्या भएको, आफ्नै निजी जमिनमा लगाएको सुकेको रुख काट्न समस्या परेको, सडकसहित विकास निर्माणका काममा अवरोध सिर्जना भएको जनाउँदै समितिको ध्यानाकर्षण गराएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.