चितवन । भरतपुर केन्द्रीय अस्पतालमा सेवा बिस्तार मात्र नभई भएका सेवालाई ब्यवस्थित गर्न अस्पतालका पुर्व अध्यक्ष र पुर्ब मेसुले सुझाव दिएका छन । अस्पतालमा बिरामीले घण्टौ लाइन बसेर उपचार गराउन बाध्य रहनुपरेको समस्या रहेको बताउदै उनिहरुले सामान्य स्तरबाटै ब्यवस्थापनका लागि नवनियुक्त मेसुलाई सुझाव दिएका हुन ।
पुर्ब अध्यक्ष राजकुमार राजभण्डारी र पुर्वव्मेसु डाक्टर रुद्रप्रसाद मरासिनीले मेसु डाक्टर श्रीराम तिवारीलाई भेटेर अस्पतालको बिकास सङै बिरामीको समस्यामा गम्भीर हुन आग्रह गरेका हुन । पुर्ब अध्यक्ष राजभण्डारीले बिकास सङै ब्यवस्थापनको पाटोमा ख्याल गर्नुपर्ने बताए । ” अस्पतलको हरेक सेवालाई गरिब नागरिकलाई सम्झेर ब्यवस्थापन गर्न जरुरी छ , ” उनले भने , ” पहिल्यैदेखि जनताको गुनासो नभएको होइन । जिम्मेवार पक्षले त्यस्ता कुरामा कम चासो दिएको होकि झै लाग्यो ।
नयाँ मेसुलाई सबै जानकारी सहित सुझावको रुपमा आग्रह गरेको छु” । पुर्ब मेसु डाक्टर रुद्र प्र्साद मरासिनीले सेवामा भरतपुर अस्पताल अब्बल रहेको बताउदै त्यसको ब्यवस्थापन महत्त्वपूर्ण रहेको बताए । ” सेवा बिस्तारमा भरतपुर अस्पताल धेरै राम्रो छ । अस्पतालबाट बिरामीको सेवामा धेरै बर्ष बिताए । मैले तीन बर्ष मेसुको रुपमा काम गरे ।
त्यो बेलादेखि अहिलेसम्म धेरै फरक छ । तर भएका सेवालाई गुनासो नआउने गरि काम गर्नुपर्ने देखेको छु ।” उनले भने ” केबल यहि भएका सानो सानो कुरामा ख्याल गरेर काम गरे बिरामीले सहज सेवा पाउने थिए । हाम्रो सुझाव नै यहि हो । ” अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले अस्पतालमा बिरामीको लाइन अन्त्य गर्ने बताए । ” मैले अस्पतालको सेवालाई प्रभावजारी बनाउने गरि जिम्मेवारी लिएर आएको हु ” डाक्टर तिवारीले भने “सेवा लिन आएका बिरामीले सहज र सरल तरिकाबाट सेवा पाउने गरि हामी काम गर्दै छौ ।”
उनीहरुले अस्पतालमा भएका पछिल्लो गतिविधि बारे जानकारी लिएका थिए । अस्पतालको हितका लागि जस्तोसुकै परिस्थितिमा बिचलित नहुन आग्र गरेका थिए । त्यसक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासङका केन्द्रीय महासचिव सुबोध प्रधानले गरिबले महसुस गर्ने गरि सेवा प्रवाह गर्न आग्रह गरे । अस्पताल बिकास समितिका सदस्य डिल्लीराम लामिछाने ” मिलन ” ले बिकास समिति अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउन लागि परेको बताए ।








