• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति वेलैमा सचेत हुनुपर्ने बताउनुभयो । नेपालको हिमाल र हिमाली संस्कृति आपैmमा महत्वपूर्ण भएको बताउँदै अर्थमन्त्री महतले यसलाई पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

    विश्वव्यापी तापमान वृद्धिमा नेपाल जस्ता देशको भूमिका नरहेको उल्लेख गर्दै उहाँले विकसित एवम् औद्योगिक राष्ट्रहरुका कारण बढेको तापक्रमले जलवायुमा परिवर्तन आएको बताउनुभयो । नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो । जलवायु परिवर्तनकै कारण नेपालले बारम्वार बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यसका कारण विकास निर्माणमा बढाएको लागतको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने बताउनुभयो ।

    पर्वतीय सङ्ग्रहालयले नेपालको पर्वतीय संस्कृतिको प्रतिनिधित्व गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले सङ्ग्रहालय नपुगेसम्म पर्यटकको भ्रमण अधुरो हुने गरी विकास गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले पर्यटन, जलविद्युत्, कृषि र आईटीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले ठूला कङ्क्रिट भवन देखाएर होईन हाम्रो मौतिकता प्रस्तुत गरेर पर्यटन प्रवद्र्धन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिनुभयो ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । विदेशबाट काठ आउने र स्वदेशको काठ जङ्गलमा कुहीने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार कटिवद्ध भएर लागेको बताउँदै उहाँले गाँजा र घरेलु मदिरालाई कानूनी मान्यता दिने प्रकृया अघि बढेको जानकारी दिनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एवम् सङ्ग्रहालय संयोजक ठाकुरराज पाण्डे , सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपनो लगायतले सङ्ग्रहालयको महत्व र पर्यटन प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा विगत लामो समयदेखि अहिंसा आन्दोलनलाई निरन्तरता दिएको गोरखाको चुननुम्री गाउँपालिकाका अध्यक्ष निमा लामा र पासाङ लामु गाउँपालिकालाई सम्मानपत्रले सम्मान गरिएको थियो । पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने कार्यक्रम रहेको छ । सो अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो ।

    नेपाल पंक्षी संरक्षण सङ्घसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो । किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने कार्यक्रम रहेको छ । महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ ।

    यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीका तस्वीर समेत प्रदर्शन गरिएको छ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्नुहुने सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयो ।

    छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, राष्ट्रिय कलाकारबाट दोहोरी गीतको रौनक महोत्सवमा छ । २८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश गरिएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.