• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्याजमा तौल घटाएर उपभोक्ता ठग्दै नारायणगढका व्यवसायी

  •   सोमबार, असोज १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  भरतपुर महानगरले बजार अनुगमनमा तिब्रता दिएको छ । महानगरले हरेक दिन बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा महँगी तथा कालोबजारी बढेको जनगुनासो आएपछि महानगरले महानगरका राजस्व शाखा प्रमुख वरिष्ठ अधिकृत बिशुराम कुँवर को नेतृत्वमा सर्वपक्षीय टोली गठन गरी नियमित बजार अनुगमन गरिरहेको छ । महानगरले बजारमा खाद्य, माछा, मासु तथा अरु सर्वसाधारणले बढी खपत गर्ने बस्तुहरुको बिक्री केन्द्रमा अनुगमन गरिरहेको छ । कोरोनाको महामारीले आममानिसको हातमुख जोर्न समेत असहज भइरहेको अवस्थामा बजारमा महँगी बढाएर उपभोक्तामाथि ठगी गर्ने गरेको धेरै गुनासो तथा उजुरीहरु आउन थालेपछि उपभोक्तामैत्री बजार बनाउन महानगरले नियमितरुपमा बजार अनुगमन गरी ब्यवसायीलाई खबरदारी गरिरहेको र कैफियत पाइएमा कसुरका आधारमा आवश्यक दण्ड, जरिवाना गर्ने गरिएको महानगरका अनुगमन अधिकारी कुँवर बताउँछन् ।महानगरपालिकाको क्षेत्रभित्रका सबै ब्यवसायीहरुले महानगरको प्रचलित ऐन कानुन अनुसार दर्ता भएर ब्यवसाय गरेका छन् कि छैनन् ? तोकिए बमोजिमको सेवा दिएको छ कि छैन ? गुणस्तरमा कति ध्यान दिइएको छ भनेर आफूहरुले अनुगमनमा हेर्ने र कमी देखिएमा कारवाही गरिँदै आएको अनुगमन अधिकारी कुँवर बताउँछन् । ब्यवसायीलाई करको दायरामा ल्याउने, गुणस्तरमा ध्यान दिँदै उपभोक्तामैत्री बजार बनाउन आफूहरु खटिइरहेको कुँवरको भनाई छ । जालझेल, छलकपट नगरी इमानपूर्वक ब्यवसाय गर्न कुँवरले आग्रह गरे । बन्द गराइयो माछा पसल अनुगमन टोलीले कमलनगरको तरकारी बजारमा जोडिएको आलम फिस सप्लाईलाई बन्द गराएको छ । यसले बिनादर्ता पसल सञ्चालन गरेको पाइएपछि बन्द गराइएको कुँवर बताउँछन् । पसल सञ्चालकलाई कागजातसहित महानगरमा आउन निर्देशन दिएको र उसको कसुर अनुसारको दण्ड, सजाय हुने उनको भनाई छ । आलमले फर्मालिन हालेको गुणस्तरहीन माछा बिक्री गर्ने गरेको गुनासो आएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष बिष्णु भुषालले बताए । टोलीले त्यहाँ खुल्लारुपमा निकै फोहोरो स्थानमा बाख्रीको मासु बिक्री गर्ने गरेको भेटाएको थियो । त्यहाँ रहेका आधा दर्जन पसलले बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको र सबै पसलेलाई आवश्यक कागजातसहित महानगरमा आउन भनिएको छ । उनीहरुले महानगरमा बाख्राको मासु पसल दर्ता गरेर बिक्री गरेको बताएका थिए । उनीहरुले दर्ताबिनै ब्यवसाय गरेको, कर नतिरी ब्यवसाय गरेको पाइए ब्यवसाय बन्द गरी आवश्यक कारबाही गरिने कुँवर बताउँछन् । प्याजमा तौल घटाएर ठगी अनुगमन टोलीले नारायणगढको आलु तथा प्याज मण्डीमा पनि अनुगमन गरेको थियो । केही दिनअघि जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गरी केही ब्यवसायीलाई जरिवाना लगाएको भएपनि त्यहाँका ब्यवसायीले अझै पनि ठगी गरिरहेको भेटिएको छ । टोलीले अनुगमन गर्दा अर्जुन शाहले सञ्चालन गरेको जय सन्तोषी माँ स्टोर्सले प्याजमा तौल घटाएर बिक्री गरेको भेटिएको हो । १८ केजी भनेर बिक्री गरेको प्याजमा १७ केजी ३०० ग्रामसम्म मात्रै तौल रहेको भेटिएको थियो । त्यहाँ राखेका सबैजसो बोराहरु तौल गर्दा प्रत्येक बोरामा ५ सयदेखि ८ सय ग्रामसम्म तौल कम भएको भेटिएको थियो । टोलीले अरु ब्यवसायीको गोदाममा पनि तौल गरेर हेर्दा अरुमा तौलमा कैफियत नदेखिएको अनुगमन टोलीका सदस्य विष्णु भुषालले बताए । नियतवश नै तौल घटाएर ठगी गरिएकाले यसलाई कालोबजारी तथा ठगी मुद्दामा कारवाही गर्नुपर्ने भुषाल बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने, कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गरिने बताए । यो असहज अवस्थामा संयमित भएर मर्यादित तवरबाट ब्यवसाय गर्न उनले ब्यवसायीलाई आग्रह गरे ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.