• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

औद्योगिक व्यापार मेलामा उहिलेको पोखरा

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि राखिएका विभिन्न प्रदर्शनी कक्ष हेर्दै पुुगेका दर्शक त्यो कक्षमा पुुग्नासाथ टक्क अडिन्छन्, घोरिएर एक–एक फोटो नियाल्छन् । पोखराका वरिष्ठ फोटोग्राफर सुनिल उलकले खिचेका तथा सङ्कलन गरेका ३२ ऐतिहासिक तस्वीर उक्त कक्षमा राखिएको छ ।

    विसं २०११ मा उहाँको बुुवा जगन्नाथले खिच्नुुभएको तत्कालीन पोखरा पब्लिक स्कुल (हालको राष्ट्रिय मावि)का विद्यार्थी रहेको तस्वीरदेखि त्यसयताका विभिन्न समयका तस्वीर प्रदर्शनीमा राखिएका छन् । हाल स्थापनाको ७५औँ वर्षगाँठ मनाइरहेको राष्ट्रिय माविमा जगन्नाथले तत्कालीन समयमा शिक्षण गर्नुुहुन्थ्यो । जगन्नाथ पोखराको पहिलो फोटोग्राफरसमेत हुनुहुन्थ्यो । पोखराको इतिहासलाई तस्वीरका माध्यमबाट वर्तमान पुस्तामा जानकारी गराउने उद्देश्यका साथ तत्कालीन समयका फोटाहरू प्रदर्शनीमा राखिएको सुनिलले जानकारी दिनुुभयो ।

    “प्रदर्शनीमा साना तथा ठूला आकारका ३२ तस्वीर राखिएको छ”, उहाँले भन्नुुभयो, “यहाँका तस्वीरले पुरानो पुस्तालाई तल्कालीन समयको पोखराको पुनःस्मरण गराउनेछ भने नयाँ पुस्तालाई तत्कालीन समयको जानकारी लिन मद्दत गर्ने विश्वास लिएका छौँ ।” तस्वीरहरूले तत्कालीन समयका व्यक्तिलाई पुरानो स्मरण ताजा बनाउने गरेको र नयाँ पुस्ताका युवालाई पुरानो पोखरा जान्न र बुुझ्न मद्दत पुर्याएको पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उत्तम बज्राचार्यले बताउनुुभयो ।

    “अहिलेको पुस्ताले यो पोखरा देखेको थिएन, हामी ५०–६० वर्ष पुुगेकाले हेर्दा पनि हाम्रो बचपनको याद हुन्छ”, उहाँले भन्नुुभयो, “जति हाम्रा ज्येष्ठ नागरिक यहाँ आउनुुभएको छ उहाँहरूले २०२२ सालभन्दा अगाडिका लामा चौतारा, विन्ध्यवासिनी अगाडिको पोखरी तस्वीरमा देख्दा दङ्ग पर्नुुभएको छ ।” प्रदर्शनीमा राखिएको तत्कालीन समयमा खरले छाएका घरसहितको भैरव टोलको तस्वीरले काठमाडौँका श्रीरामसिंह बस्नेतलाई २०२९–३० सालतिरको पोखरालाई सम्झायो ।

    “त्यो बेला पोखरामा खरले छाइएका यस्तै–यस्तै घर देखिन्थे”, सोमबार प्रदर्शनीस्थलमा पुुग्नुुभएका उहाँले तस्वीरतिर सङ्केत गर्दै भन्नुुभयो । विसं २०३१ मा भत्किएको फेवा बाँधलगायतका तस्वीरले आफूूलाई तत्कालीन पोखराको जीवन्त स्मरण गराएको उहाँले बताउनुुभयो । प्रदर्शनीमा आजभन्दा ५९ वर्ष पहिलेको पोखरा क्षेत्रको तस्वीर राखिएको छ । तस्वीरमा फाट्टफुुट्ट साना झुपडीबाहेक बुट्यानहरूमात्रै देखिन्छ । प्रदर्शनीमा आउनेले तत्कालीन समयको विन्ध्यवासिनी मन्दिर उक्लने स्थानको पोखरी, ६० वर्षअघिका विद्यार्थीले पढ्दाको समयका दुःखकष्ट आदिलाई अभिरुचिपूर्वक नियाल्ने गरेका छन् ।

    पृथ्वीनारायण क्याम्पस स्थापनाकालीन समयका तस्वीर, २०१९ सालको क्याम्पसको खरले छाएको झुप्रोजस्तै देखिने भवन, भैरवटोलबाट विभिन्न स्थानमा सामान लैजाँदै गरेका भरियाको लस्कर, फेवातालको बाँध फुटेपछि तालबाराही मन्दिरको छेवैमा पुुगेका गाडी तथा छेवैमा ओहोरदोहोर गरेका तीर्थालु, २०२०–२२ सालतिरको भैरवटोलको लामा चौतारा आदिका तस्वीरले जोकोहीलाई लोभ्याउने गरेको छ । बाटो कालोपत्र नभएको ढुङ्गाले छापिएको तत्कालीन पोखरा दर्शकहरूले नियालेर हेर्ने गरेका छन् ।

    प्रदर्शनीमा विसं २०११ सालपछिका तस्वीर रहे पनि पोखरा स्थापनाको इतिहास निकै पुरानो छ । इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका तत्कालीन राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । गाई पाले पनि औलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६औँ शताब्दीयता पोखरामा बस्ती विकासको सुरुआत भएको सहजै अनुमान गर्न सकिन्छ ।

    उक्त समयमा बाटुलेचौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको इतिहासमा उल्लेख छ । विकासका दृष्टिले भन्दा त पोखरा गाडीभन्दा पहिले जहाज आएको ठाउँ हो । पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो । पुराना फोटामार्फत तत्कालीन पोखरालाई चिनाउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउँदै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले ३०–४० वर्षकै अन्तरालमा पोखरामा आमूूल परिवर्तन भएको तस्वीरले सङ्केत गरेको बताउनुुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.