• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

ग्रीनल्याण्ड स्कुलमा चितवनकै पहिलो पिबिएल मेला सम्पन्न

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला आज स्कुल प्राङगढ मा सम्पन्न भएको हो । चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

    उहाँले यस किसिमका कार्यक्रम सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिको गर्न आवश्यक रहेको औंल्याउनुभयो । यस्तै ग्रीनल्याण्डले हरेक मंगलबार गर्दै आएको बुक फ्री डेलाई शुक्रबार सार्न समेत आग्रह गर्नुभयो । उहाँले सबै विद्यालय बुक फ्री डे बारे महानगरले पनि योजना बनाएको जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित वडाध्यक्ष तथा अतिथिहरुले पनि पिबिएल मेला शिक्षामा नविनतम प्रयास भएको भन्दै प्रसंसा गरेका थिए ।

    कार्यक्रममा यस किसिमको मेलाको सुरुवात गर्ने गोल्डेन गेट कलेजका फाउण्डर तथा प्राचार्य सिंगा लामा पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले शिक्षामा यस्ता कार्यक्रमले क्रान्ति ल्याउन मद्त मिल्ने बताउनुभयो । मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ (परियोजनामा आधारित सिकाई) का क्रममा तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरेका थिए । ८४ वटा चुनिएका प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले बताउनुभयो ।

    मेलामा विद्यार्थीहरुले तयार परेका चिया, बिभिन्न परिकारका खाजा, बाटेको धुप बिक्री वितरण गरेका थिए । यस्तै विद्यार्थीहरुले मेलाका आगन्तुकहरुको ब्लड ग्रुपिङ, रोबोटिक, जलविद्युत, रेन डिटेक्टरलगायत पनि प्रस्तुत गरेका थिए । गत जेष्ठयता विद्यालयले चलाएको परियोजनामा आधारित सिकाई अन्तर्गत विद्यार्थीहरुले बिभिन्न सिप सिकेका छन् । शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक मंगलबार बुक फ्री डे हुँदै आएको छ ।

    स्कुलले अमेरिकन मनोवैज्ञानीक होवार्ड गार्नकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा जोड दिदै आएको प्राचार्य पन्तको भनाइ छ । स्कुलले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उहाँले बताउनुभयो । यसले सिकाईलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीहरुलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो कार्यक्रम शिक्षामा क्रान्तिको रुपमा लिईएको समेत उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.