• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

तटबन्ध निर्माणपछि बस्ती जोखिममुक्त

  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  विसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ । तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् ।

    व्यास–५ पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ नदी कटानका कारण व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ भतेरीका चार सय परिवार बाढीको जोखिमबाट मुक्त भएका बताउनुहुन्छ । व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो । “स्थानीयबासी बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएका छन्”, पूर्वअध्यक्ष श्रेष्ठले भन्नुभयो । तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् ।

    नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको व्यास नगरपालिका सूचना अधिकारी कुमारकञ्चन जिसीले बताउनुभयो । व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ । यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको थियो । व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो ।

    सिद्धान्त अमन निर्माण कम्पनीले प्याकेज–१ रु आठ करोड ६३ लाखमा र प्याकेज–२ रु नौ करोड ३५ लाखमा काम गरिरहेको छ । उक्त योजनाको हालसम्म ४८ प्रतिशत प्रगति भएको डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिनुभयो । विसं २०८१ भदौसम्म योजना सम्पन्न गर्ने लक्ष्य छ । मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार तथा गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न काम भइरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.