काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ह्वात्तै सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।








