तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी उच्च सर्तकर्ता अपनाएको छ। प्रहरीले दशैं, तिहार, छठ चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ। प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना सार्वजानिक समेत गरेको छ। पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसपी अरुण पौडेलले चाडपर्वको समयमा चोरी, लुटपाट, झगडा, जुवातास जस्ता अपराधिक घटना धेरै भएकोले उच्च सतर्कता अपनार्ईएको बताउनुभयो। सादा पोशाखका प्रहरीलाई खटाउने, मोटरसाईलमा मोबाईल गस्ती टोली परिचालन गर्ने, बजार क्षेत्रमा विग्रिएका सिसि क्यामेरा बनाउने तथा थप गर्ने कार्य भएको उहाँले जानकारी दिनुभयो। लागु औषध करोबारीलाई नियन्त्रण गर्नको लागि रातको समयमा पनि प्रहरीलाई परिचालन भईरहेको पनि सो अवसरमा जानकारी दिईयो। पत्रकार सम्मेलनमा मर्यादित ट्राफिक व्यवस्थापन लागि सदरमुकाम दमौली लगायत बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन नपाईने, ओभरटेक गर्न नपाउने तथा हर्न बजाउन पनि निषेध गरिएको पनि जानकारी दिईयो । उक्त अवसरमा तीन महिनाको अवधिमा १ सय ७१ जना फरार अभियुक्त पक्राउ गरिएको पनि एसपी पौडेलले जानकारी दिनुभयो । पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना तनहुँ प्रहरीद्वारा यात्रुलाई आवत जावतमा सहज तथा ठगिनबाट बचाउन पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।पृथ्वीराजमार्गमा पर्ने मुग्लिन पुलजीप, डुम्रे, दमौली, थर्पू, र कोत्रेमा गरी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो। दशैं, तिहार र छड चाडपर्व नजिकिएकोले भिडभाड बढी भएकोले यात्रुलाई परेको अप्ठ्रो समाधानको लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो।








