काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले बढी हो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।








