• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

भरतपुर भ्रमण वर्ष सार्न सुझाव

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन् । नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा यातायात रोकेर काम गर्ने तयारी गरिएको छ । यही पुस ७ गतेबाट सो सडक दिउँसोको समयमा चार घण्टा बन्द गरेर काम गरिँदै छ । मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणाधीन अवस्थामा छन् ।

    ती सडक निर्माणको काम भइरहेकाले केही महिना पछि नै थप सहज हुने देखिएको छ । भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ । भ्रमण वर्षमा पर्यटकका लागि देखाउन लागिएको दियालो दरबार मर्मतसम्हार गर्न बाँकी भने बाघ राख्ने खोर निर्माण भइरहेको छ । महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ ।

    यससँगै बागमती प्रदेश सरकारले यही जनवरी १ मा भ्रमण वर्ष घोषणा गर्दैछ । एउटै समयमा शुभारम्भ कार्यक्रम नगर्न बागमती प्रदेश सरकारको पनि सुझाव छ । निजी र सरकारी क्षेत्रबाट केही महिना भ्रमण वर्ष सार्दा उपयुक्त हुने सुझाव दिइएको छ । सन् २०२४ कै केही महिनापछि शुभारम्भ गर्न वा विसं २०८१ लाई भ्रमण वर्षको रुपमा मनाउन धेरैको सुझाव छ । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष कृष्ण भट्ट भन्नुहुन्छ “भौतिक निर्माणमा हामी देशकै अग्रणी छौँ, तर नारायणगढ बजारमा निर्माणाधीन सडकले पूर्णता नपाउँदा देख्नेलाई केही पनि नभएको हो कि जस्तो देखियो ।” निजी क्षेत्र तयारी अवस्थामा रहे पनि केही महिना पछाडि सार्दा उपयुक्त हुने उहाँको सुझाव छ ।

    अझै राम्रो तयारी गर्न सकिने र अन्य हिसाबले पनि राम्रो हुने भट्टले बताउनुभयो । चितवन पर्यटन विकास समितिका संयोजक खेम भट्ट अहिलेकै अवस्थामा भ्रमण वर्ष मनाउन त्यति राम्रो नभएको हुँदा केही महिना पछि सार्न भरतपुर महानगरलाई अनुरोध गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मिलेसम्म केही महिनापछि भ्रमण वर्षको शुभारम्भ गर्न उपयुक्त देख्छु ।” भरतपुर महानगरपालिका देशमै भौतिक पूर्वाधारमा धेरै काम भएको महानगर हो । मुख्य सहरी क्षेत्रको नारायणगढ र भरतपुर क्षेत्रमा अहिले काम भइरहेको छ ।

    बजेटको अभावमा जुन गतिमा काम हुनुपर्ने हो हुन नसक्दा भरतपुर प्रवेश गर्दैगर्दा शोभायमान देखिएको छैन । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ निजी क्षेत्र तयार भए पनि मुख्य बजार क्षेत्रको काम सम्पन्न हुन नसक्दा सोचेजस्तो राम्रो नदेखिएको बताउनुहुन्छ । बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष अरु राम्रो हुने उहाँको सुझाव छ । भ्रमण वर्षका लागि महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएका छन् ।

    उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका पूर्वउपाध्यक्ष राजन गौतम विसं २०८१ लाई भ्रमण वर्ष घोषणा गर्दा अझ राम्रो हुने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “महानगरले आन्तरिक तयारी पूरा गरे पनि बाह्य अवस्था त्यति राम्रो बनिसकेको छैन, आन्तरिक पर्यटकलाई जोड दिइने भएकाले नयाँ वर्षबाट गर्दा राम्रो हुन्छ ।” भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएको बताउनुहुन्छ । बजार क्षेत्रको मुख्य सडक बन्दै गरेको, नारायणगढ मुग्लिन सडकखण्ड दिनको समयमा रोकेर काम गर्न लागिएको, भरतपुर आउने मुख्य दुई सडक बन्दै गरेको लगायतका कारण भ्रमण वर्ष केही महिना सार्न सुझाव आएको बताउनुहुन्छ ।

    महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष महानगर र निजी क्षेत्रको सहकार्यमा गर्न लागिएकाले निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “निजी क्षेत्रबाट आउने सुझावअनुसार महानगर अघि बढ्छ ।” उहाँका अनुसार शुक्रबार बस्ने कार्यपालिकाको बैठकले यस विषयमा छलफल गरेर टुङ्गो लगाउने छ । पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको भरतपुर महानगरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गर्न लागिएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.