चितवन । भरतपुर अस्पतालकोे कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २७ पुरुष र १६ महिला गरि ४३ जना, रत्ननगरका १ महिला, खैरहनिका ३ पुरुष २ महिला, राप्तीका ६ पुरुष, कालिका र माडीका १÷१ पुरुषगरि २ जना सहित चितवनका मात्रै ५७ जना रहेका छन । अन्य संक्रमित हुनेहरुमा नवलपुरका १ पुरुष १ महिला, जाजरकोट, हुम्ला र मोरङ्गका १÷१ पुरुषष्रि ३ जना समेत गरि जम्मा ६२ जना रहेका छन । संक्रमितहरु ६ देखि ७८ बर्ष सम्मका रहेका छन । परिक्षण गरिएका नमुनाहरु भरतपुर अस्पताल, नेशनल सिटी अस्पताल, ओम अस्पताल, सेन्ट्रल अस्पताल, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको अस्पतालले जनाएको छ । मंगलबार परिक्षण गरिएका २७० वटा नमूना मध्ये २०८ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६२ वटा नमुनाको पोजेटिभ आएको हो ।









