• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

राष्ट्र सेवाको भावना जगाउँदै राष्ट्रिय सेवा दल

  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी  । तनहुँ मित्रता मावीकी अस्मिता सुनारलाई राष्ट्र सेवामा लाग्ने उत्प्रेरणा जागेको छ । राष्ट्रिय सेवा दलले प्रदान गरेको तालिम पुरा गरि दीक्षित भएपछि प्रतिक्रिया दिँदै सुनारले भन्नुभयो, “अनुशासन, नेतृत्व भावनाको विकास अझ सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रलाई माया गर्नुपर्छ, राष्ट्रको सेवा गर्नुपर्छ भन्ने विषय तालिममा सिकेको छु, राष्ट्रको सेवामा लाग्नुपर्छ भन्ने भावना उजागर भएको छ ।” राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर नवलपुरमा सञ्चालित तालिममा सहभागि अर्जुन इङ्लिस बोडिङ स्कुल गुल्मीका सलिन महतलाई राष्ट्रिय सेवा दलको तालिममा सहभागी भएपछि सिकेको विपद् व्यवस्थापनसम्बन्धी सीप समुदायस्तरमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ ।

    विपद्को समयमा उद्धार कार्यमा आफू लाग्नसक्ने र समुदायमा विभिन्न प्रकारका विपदको विषयमा जानकारी गराउँदै त्यसबाट क्षति न्यूनीकरणमा सहयोग पु¥याउन लाग्ने महतले बताउनुभयो । राष्ट्रलाई सङ्कट पर्दा आफूले सेवा गर्ने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा शुक्रबार राष्ट्रिय सेवा दल जुनियर डिभिजन ४९ औँ ब्याचमा सहभागी क्याडेट दीक्षित भएका छन् । उक्त ब्याचका पाँच सय ३८ जना क्याडेट दीक्षित भएका हुन् ।

    काठमाडौँ, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ, गुल्मी, रुपन्देही, चितवन, बाँके, पाल्पा र स्याङ्जाका गरी ११ जिल्लाका १५ विद्यालयका पाँच सय ३८ छात्र, छात्रा दीक्षित भएका हुन् । वार्षिक क्याम्पमा सहभागीलाई शारीरिक, सैनिक, विपद् व्यवस्थापन, व्यक्तित्व विकास तालिम साथै विभिन्न प्रतियोगितामा सहभागि गराउने गरिन्छ । एक्काइस दिनसम्म हुने वार्षिक क्याम्पमा सहभागी विद्यालयबीच प्रतियोगितात्मक खेलसमेत सञ्चालन हुने गर्दछन् । नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर र जुनियर डिभिजन गरी युवाहरूका लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्दै आएको छ ।

    माध्यमिक तहको कक्षा ८, ९ र १० मा अध्ययनरत १४ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई जुनियर डिभिजन र उच्च माध्यमिक तहका १६ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई सिनियर डिभिजनको तालिम प्रदान गरिन्छ । सेवा दलको तालिम जम्मा एक सय दिनको हुन्छ । त्यसमध्ये ७९ दिन विद्यालयमा संस्थागत तहको तालिम सञ्चालन गरिन्छ भने २१ दिनको वार्षिक क्याम्प हुन्छ । विद्यालयका विद्यार्थीसहित दीक्षान्त समारोहमा सहभागी नारायण माध्यमिक विद्यालय पर्वतका एनसिसी समन्वय शिक्षक सञ्जय रेग्मीले राष्ट्रिय सेवा दलको तालिम धेरैभन्दा धेरैलाई प्रदान गर्ने गरी जानुपर्ने बताउनुभयो ।

    तालिममा सहभागीलाई राज्यले विपद् व्यवस्थापन, राष्ट्र सेवामा समेत सहभागि गराउन सक्ने र स्वयम् व्यक्तिमा अनुशासन, इमान्दारिताको भावनासमेत बढ्ने उहाँको भनाइ छ । युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान् बनाइ दक्ष नागरिक बनाउने उद्देश्यले विसं २०२२ मा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । अठतालीसौँ ब्याचसम्ममा ६६ हजार सात सय ७६ जना दीक्षित भइसकेका छन् । उनपचासौँ दीक्षान्त समारोहमा उपस्थित मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रदीपजङ्ग केसीले राष्ट्रिय सेवा दलको तालिमले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाइराख्न, राष्ट्रिय एकताको भावनालाई थप बलियो तथा विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले राष्ट्रिय सेवा दलको तालिमलाई अझ परिस्कृत र समयसापेक्ष बनाउने विषयमा पहल भइरहने बताउनुभयो । तालिमका क्रममा सिकेका विविध सैद्धान्तिक एवं व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतीमा आफूलाई सहजरुपमा सामना गर्न सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरू राष्ट्रिय सङ्कटको अवस्थामा विचलित नभई समाजलाई एकीकृत र धैर्यवान् बनाइराख्न तथा राष्ट्र विकासका लागिसमेत आधारशीला भएको उपरथी केसीले बताउनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.