चितवन। जिल्ल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापा सहित २ सुरक्षाकर्मी कोरोना मुक्त हुनुभएको छ । असोज १२ गते थापा सहित जिल्ल्ला प्रहरी कार्यालयमा कार्यरत ८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता थापा सहितका संक्रमित प्रहरी आइसोलेसनमा छन्। सोमबारको पीसिआर रिपोर्ट नेगेटिभ आएसँगै थापा कोरोना संक्रमण मुक्त हुनुभएको हो । कोरोनामुक्त भएसँगै आजबाट नियमित ड्युटी शुरु गरेको थापाले बताउनु भयो । अन्य ६ जना भने आइसोलेसनमा रहेका छन् ।








